close

प्रयोगकर्ता अन्य एपतर्फ जान थालेपछि ह्वाट्सएपले दियो यस्तो सफाई

टेकपाना टेकपाना

पुस २९, २०७७ १३:३७

प्रयोगकर्ता अन्य एपतर्फ जान थालेपछि ह्वाट्सएपले दियो यस्तो सफाई

काठमाडौं । आफ्नो नयाँ गोपनीयता सम्बन्धि नीतिलाई लिएर विश्वभरबाट ह्वाट्सएपले चर्को आलोचना खेपिरहेको छ । यसैबीच कम्पनीले नयाँ नीति सम्बन्धी प्रयोगकर्तामाझ रहेको आशंका हटाउन आफ्नोतर्फबाट स्पष्टीकरण पेश गरेको छ ।

साथै कम्पनीले प्रयोगकर्ताका संवेदनशील डेटा फेसबुकसँग शेयर नहुने समेत बताएको छ । यस अलावा कम्पनीले यो पनि भनेको छ कि नयाँ नीतिमा हुने अपडटेडले कुनै पनि प्रकारले तपाईंका साथी तथा परिवारका सदस्यसँग हुने म्यासेजको गोपनीयतालाई प्रभावित तुल्याउने छैन ।

ह्वाट्सएपले नयाँ नीतिबाट ह्वाट्सएप बिजनेसको विषय मात्र परिवर्तन हुने जनाएको छ । जुन वैकल्पिक सेवाको रुपमा रहेको छ । साथै यसबाट कम्पनीले कसरी डेटा संकलन गर्दछ र त्यसको प्रयोग गर्दछ भन्ने विषयमा समेत कम्पनीले स्पष्ट पार्ने कोसिस गरेको छ ।

ह्वाट्सएपले एउटा विस्तृत ब्लगमा लोकेसन डेटा, कल लग र ग्रुप जस्ता डेटा सँग कयौं प्रश्नको जवाफ दिएको छ । साथै कम्पनीले ह्वाट्सएपको डेटा फेसबुकसँग कुनै पनि हिसावले शेयर नहुने स्पष्ट पारेको छ ।

म्यासेज र कलको विषयलाई लिएर ह्वाट्सएपले भनेको छ कि न त कम्पनीले तपाईंको म्यासेज पढ्न सक्छ न त तपाईंको कल सुन्न सक्छ । न त फेसबुकले नै यो काम गर्न सक्छ ।

कम्पनीले ह्वाट्सएप इन्ड टु इन्ड इन्क्रिप्सन रहेको र आगामी दिनमा समेत त्यसैअनुरुप सञ्चालन हुने बताएको छ । ‘हामी म्यासेज र कलिङको लग समेत राख्दैनौं,’ ह्वाट्सएपले भनेको छ ।

अर्थात प्रयोगकर्ताले जोसुकैलाई फोन वा म्यासेज गरे पनि ह्वाट्सएपसँग त्यसको कुनै डेटा हुँदैन । यसैप्रकारले लोकेसनको बारेमा समेत कम्पनीले आफूहरुले ‍थाहा पाउन नसक्ने बताएको छ ।

‘यदि तपाईं ह्वाट्सएपमा कसैसँग लोकेसन शेयर गरिरहनु भएको छ भने यो पनि इन्ड टु इन्ड इन्क्रिप्डेट हुन्छ,’ कम्पनीको ब्लगमा अगाडि भनिएको छ, ‘यस्तोमा केवल त्यस्तो व्यक्तिले मात्र देख्न सक्छ, जसलाई तपाईंले आफ्नो लोकेसन शेयर गर्नु भएको छ ।’

ह्वाट्सएपले प्रयोगकर्ताको सम्पर्क नम्बर समेत फेसबुकसँग शेयर नहुने बताएको छ । यस विषयमा खुलाउँदै कम्पनीले प्रयोगकर्ताको एड्रेस बुकबाट केवल फोन नम्बर मात्र एक्सेस हुने उल्लेख गरेको छ ।

ता कि म्यासेजिङ सेवा छिटो हुन सकोस् । ग्रुपहरुको विषयमा समेत ह्वाट्सएपले आफ्नो स्पष्टीकरण पेश गरेको छ । ग्रुप प्राइभेट रहने उल्लेख गर्दै कम्पनीले म्यासेज डेलिभर गर्न तथा आफ्नो सेवा स्न्याप गर्न तथा दुरुपयोग हुनबाट जोगाउनका लागि ग्रुप मेम्बरशिपको प्रयोग गरिने बताएको छ ।

‘फेसबुक विज्ञापनका लागि हामी यो डेटा शेयर गर्दैनौं,’ ह्वाट्सएपले भनेको छ । प्रयोगकर्ताले ह्वाट्सएपमा डिसअपियरिङ म्यासेज सेट गर्न सक्छन् ।

अर्थात यो फिचर प्रयोग गर्दा म्यासेज प्राप्त हुने वित्तिकै स्वतः डिलिट हुने गर्दछ । प्रयोगकर्ताले ह्वाट्सएपमा रहेको आफ्नो डेटा डाउनलोड गर्न सक्ने उल्लेख गर्दै त्यसबाट कम्पनीसँग कति डेटा हुन सक्छ भन्ने विषयमा समेत जानकारी राख्न सक्ने बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१