close

डिजिटल सुरक्षा विषयमा ‘फेमिनिस्ट टेक एक्सचेन्ज’ कार्यक्रम हुँदै

टेकपाना टेकपाना

फागुन १०, २०७७ १४:४५

डिजिटल सुरक्षा विषयमा ‘फेमिनिस्ट टेक एक्सचेन्ज’ कार्यक्रम हुँदै

काठमाडौं । महिला तथा यौनिक अल्पसंख्यहरुको डिजिटल अधिकारबारे वकालत गर्दै आइरहेको संस्था बडी एण्ड डेटाले आफ्नो नियमित फेमिनिस्ट टेक एक्सचेन्ज अन्तर्गत डिजिटल सेक्युरिटी कार्यशाला २०२१ को आयोजना गर्दैछ ।

उक्त कार्यक्रममा महिला, यौनिक अल्पसंख्यक, क्वेयर ग्रुप तथा यस्ता विषयमा सरोकार राख्ने सबै किसिमका लौङ्गिक व्यक्तिहरुले सहभागी हुन सक्नेछन् ।

४ दिनसम्म चल्ने उक्त कार्यशाला गोष्ठीमा फेमिनिज्म, यौनिकता, इन्टरनेटमा अभ्यास हुने मानव अधिकार, गोपनीयता र डेटा गोपनीयता जस्ता विभिन्न विषयमा विचार विमर्श हुनेछ । यस्तै इन्टरनेटमा आफ्नो अनलाइन गतिविधिलाई सुरक्षित तरिकाले सञ्चालन गर्ने तरिकाहरु समेत कार्यक्रममा सिकाइने छ ।

भर्चुअल्ली आयोजना हुने उक्त कार्यक्रम १३ देखि १६ मार्चसम्म दैनिक पाँच घण्टा चल्नेछ । कार्यक्रममा सहभागी हुन इच्छुकहरुले फाल्गुन १६ गतेभित्र यस लिङ्कमा गएर आवेदन फर्म भरी सक्नुपर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१