close

डिशहोमसँगको सहकार्यमा ‘स्किल विक २०२१’ सम्पन्न

टेकपाना टेकपाना

चैत १७, २०७७ १२:३८

डिशहोमसँगको सहकार्यमा ‘स्किल विक २०२१’ सम्पन्न

काठमाडौं । स्किल विक २०२१ को दोस्रो संस्करण सम्पन्न भएको छ । एक हप्तासम्म चलेको याे कार्यक्रम सोमबार सम्पन्न भएको हो । कार्यक्रममा उद्यमी, सरकारी कुटनीतिज्ञलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गरिएकाे थियाे । यसअन्तर्गत कलकारखाना, शैक्षिक संस्था एवम् सरकारी निकायसँगको सहकार्यमा सीपमूलक रोजगारीका अवसर, बढ्दो सीपप्रतिको महत्व, व्यापार, सेवा, आधुनिक प्रविधिदेखि लिएर कला तथा संस्कृति झल्किाउने प्रयास गरिएकाे थियाे ।

यस कार्यक्रममा ४ फरक सीप क्षेत्रहरू प्रदर्शन गरिएको थियो, जसमा कला र संस्कृति, उद्यमशीलता, पर्यटन तथा आतिथ्यता र विज्ञान तथा प्रविधि रहेका थिए । यसैबीच यी ४ विधामा चार प्रेरणादायक व्यक्तित्वहरुलाई नविल स्किल हीरो अवार्ड २०२१ उपाधिबाट सम्मानित गरिएको छ ।

स्किल विक र नविल स्किल हिरो अवार्ड २०२१ को समापन समारोहमा शैक्षिक सुधारक सोनम वांगचुकको उपस्थितिमा भएको थियो । उनकै जीवनमा आधारित रहेर बलिउड चलचित्र थ्री इडियड्स निमार्ण गरिएको थियो ।

पहिलो स्तम्भ अर्थात् पर्यटन र आतिथ्यताका लागि हिमालयन जाभाका सञ्चालक तथा एमडी गगन प्रधानलाई नविल स्किल हिरोको रूपमा सम्मानित गरिएको छ । उनले कफी उद्योगमा आफ्नो नाम कमाएर कफीको स्थापनामा अभिन्न भूमिका खेलेको भन्दै उनलाई सम्मान गरिएको हो ।

त्यस्तै, नेपाली संगीतमा रहेको विविधताको अनुसन्धान, संरक्षण र उत्सवप्रति प्रतिबद्ध लोक वाद्य समूह कुटुम्बलाई कला र संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याएकोमा सम्मानित गरिएको उल्लेख छ ।

उद्यमशीलता वर्गमा नेपाल महिला उद्यमी संघ नेपालका संस्थापक अध्यक्ष मती शान्ति चय सम्मानित भएकी छन् । चयले आफ्नो व्यक्तिगत प्रयास, व्यवसाय र विभिन्न संस्थासँगको सम्बन्धको माध्यमबाट सीप विकास र आर्थिक सशक्तिकरणको पहल गरेर हजारौं महिला र परिवारलाई प्रभाव पारेकी छन् ।

विज्ञान र प्रविधिका लागि कारखाना कपनीका सहसंस्थापक एवं सीईओ पवित्रबहादुर गौतम सम्मानित भएका छन् । उनलाई २१ औं शताब्दीमा महत्वपूर्ण पाठ्यक्रम सिर्जना गर्ने र प्रभावकारी शिक्षा सिर्जना गरी शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरुप सम्मान गरिएको हो ।

साेही दिन समापन समरोहलाई लक्षित गरेर सीईओ अनप्लग्ड २०२१ नामक कार्यक्रम सञ्चालन गरिएको थियो । जसमा व्यापारका चुनौती, अवसर एवम् प्रयोगात्मक शिक्षाको महत्व एवम् नव आगन्तुक व्यापारका पारखीलाई मार्गदर्शन गर्ने गरी प्यानल डिस्कसन गरिएको थियो ।

सीईओ अनप्लग्डको पहिलो प्यानल छलफलमा ‘वर्कफोर्स अपस्किल्लिङ एन्ड रिस्किल्लिङ’ शीर्षकमा विभिन्न सहभागीहरूले भनाइ राखेका थिए ।

यसअन्तर्गत माेडेरेटरकाे रुपमा ग्लोकल प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक आशिष ठाकुर र प्यानलमा नेपाली उद्योग परिसंघका उपाध्यक्ष विरेन्द्र पाण्डेय, अग्नि इन्कोरपोरेटेड प्रालिका प्रबन्ध निर्देशक कैबिनेट श्रेष्ठ, सिद्धार्थ हस्पिटालिटी समूहका अध्यक्ष तथा एमडी लक्ष्मण न्योपाने, नेपालका लागि यूरोपीयन संघका प्रतिनिधिमण्डल तथा राजदुत नोना डेप्रेज रहेका थिए ।

त्यस्तै ‘स्किल्ल्स फर पोस्ट पेनडेमिक वर्ल्ड’ नामक दोस्रो प्यानलमा नेपालको सीप नीति, महामारीपछि भविष्यमा सीप विकास गर्न, रोजगार क्षमतामा सुधार गर्न, राम्रो कामलाई प्रोत्साहित गर्न, सिक्न र सामाजिकरण गर्न नयाँ प्रवृत्ति सम्बोधन गर्न आवश्यकतामाथि छलफल भएको थियो ।

जसमा सखा समूहका कार्यकारी निर्देशक आस्था सखा, डिशहोमका प्रबन्ध निर्देशक सुदिप आचार्य, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव सुमन घिमिरे, आईएनजी समूहका तर्फबट रवि फुयाल प्यानलिस्टमा थिए ।

कार्यक्रमको माेडेरेटरकाे रूपमा एपीवान एचडी टिभीका प्रमुख सम्पादक टीकाराम यात्री रहेका थिए । नविल बैंकसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा पे टिभी पार्टनरका रुपमा डिशहोम रहेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३