close

तीन मोडलमा साओमी मि ११ सिरिज सार्वजनिक, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

चैत १७, २०७७ २२:३९

तीन मोडलमा साओमी मि ११ सिरिज सार्वजनिक, यस्तो छ मूल्य र फिचर

काठमाडौं । साओमीले आफ्नो नयाँ मि ११ सिरिजका मोडलहरु सार्वजनिक गरेको छ । कम्पनीले साेमबार मि ११ सिरिज अन्तर्गत मि ११ अल्ट्रा, मि ११ आई, मि ११ लाइट फाइभजी र मि ११ लाइट फोरजी सार्वजनिक गरेको हो । 

त्यस्तै कम्पनीले दुई अन्य प्रडक्ट पनि सार्वजनिक गरेको छ । जसमा उसले आफ्नो अल्ट्रा पपुलर फिटनेस वेरेबल ‘मि स्मार्ट ब्याण्ड ६’ र ब्राण्ड न्यू स्मार्ट होम सिनेमा- ‘मि स्मार्ट प्रोजेक्टर टु प्रो’ ल्याएकाे छ ।

मि ११ अल्ट्रा

सबैभन्दा पहिले मि ११ अल्ट्राको कुरा गरौं । व्यवसायिक फोटो तथा भिडियोग्राफीका लागि मि ११ अल्ट्रा एउटा कोशेढुङ्गा हुने कम्पनीले जनाएकाे छ । कम्पनीले यस फोनमा आफ्नो अहिलेसम्मकै शक्तिशाली प्रो ग्रेड ट्रिपल क्यामेरा सेटअपको प्रयोग गरेको छ ।

यो फोनमा २ वटा डिस्प्ले छ । जसमा फ्रन्टतर्फ ६.८१ इन्चकाे एमाेलेड कर्भ्ड डिस्प्ले छ । अर्काेतर्फ फाेनका पछाडि १.१ इन्चकाे एमाेलेड डिस्प्ले छ, जसले अल्वेज अन डिस्प्ले, नाेटिफिकेशन अलर्ट, रियर सेल्फी प्रिभ्यु सुपर पावर सेभर माेड लगायतका फिचर सपाेर्ट गर्छ ।

The Xiaomi Mi 11 Ultra has a rear display and charges at unprecedented speeds

यस्तै यसमा शक्तिशाली क्वालकम स्नापड्रागन ८८८ प्रोसेसर छ । डिस्प्लेको कुरा गर्दा यसमा सुन्दर क्वाड कर्भ्ड १२० हर्जको एमोलेड डिस्प्ले छ ।

५ हजार एमएएच ब्याट्री क्षमता रहेकाे फाेनमा ६७ वाटको दुवै वायर र वायरलेस चार्जर छन्, जसले ३६ मिनेटमै फोनलाई शतप्रतिशत चार्ज गर्दछ ।

त्यस्तै धुलाे र पानीबाट जाेगाउन आईपी६८ प्रविधि प्रयोग गरिएको छ । त्यस्तै याे फाेनमा ५० मेगापिक्सेल, ४८ मेगापिक्सेल र ४८ मेगापिक्सेल गरी तीनवटा रियर क्यामेरा रहेकाे छ । सेल्फीका लागि २० मेगापिक्सेलकाे क्यामेरा सेटअप छ ।

मि ११ अल्ट्रा १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भेरियन्टकाे मूल्य ११९९ यूरो अर्थात् एक लाख ६३ हजार ६४ रुपैयाँ राखिएकाे छ । 

मि ११ आई 

साओमीले सार्वजनिक गरेकाे अर्को फोन हाे, साओमी मि ११ आई । जसलाई रेड्मी के ४० प्रो प्लस पनि भनिएकाे छ । याे फोनमा पनि स्नापड्रागन ८८८ प्रोसेसर छ ।

यसमा ६.६७ इन्चको एमोलेड डिस्प्ले छ, जसमा १२० हर्जको रिफ्रेस रेट छ ।  त्यस्तै ३३ वाट फास्ट चार्जिङसहित ४,५२० एमएएचकाे ब्याट्री उपलब्ध छ ।

मूल्यकाे कुरा गर्दा ८ जीबी र्‍याम र १२८ जीबी स्टाेरेज भएकाे फाेन ६९९ यूराे अर्थात ८९,५०० रूपैयाँकाे हारहारीमा उपलब्ध छ भने ८ जीबी र्‍याम र २५६ जीबी स्टाेरेजकाे मूल्य ६९९ यूराे अर्थात ९६,५०० काे हारहारीमा रहेकाे छ ।

मि ११ लाइट फाइभजी र मि ११ लाइट फाेरजी

युवा पुस्ताका लागि ल्याइएकाे याे फाेन माथिका २ फाेनकाे तुलनामा सस्ताे छ । फाइभजी र फाेरजी गरी २ भेरियन्ट अप्सनमा याे फाेन खरिद गर्न सकिन्छ । १५९ ग्राम ताैल रहेकाे फाेन ६.८१ एमएम पातलाे छ ।

विश्वमै पहिलाे पटक क्वालकम स्न्याड्रागन ७८०जी प्राेसेसर फिचर भएकाे फाेन हाे, मि ११ लाइट । ६.५५ इन्चकाे फुल एचडी प्लस एमाेलेड डिस्प्ले रहेकाे फाेनमा ९० हर्जकाे रिफ्रेस रेट रहेकाे छ ।

यी दुवै फाेनमा ट्रिपल क्यामेरा रहेकाे छ, जसमा मेन क्यामेरा ६४ मेगापिक्सेल रहेकाे छ । यसमा रहेकाे एआई सिनेमा मोडका कारण आकर्षक फोटो र भिडियो लिन सकिन्छ । त्यस्तै फाेनमा २० मेगापिक्सेलकाे पन्च हाेल सेल्फी क्यामेरा रहेकाे छ ।

त्यस्तै ३३ वाट फास्ट चार्जिङसहित ४,५२० एमएएचकाे ब्याट्री उपलब्ध छ ।

मि ११ लाइट फाइभजी दुई भेरियन्ट ६ जीबी र्‍याम र १२८ जीबी स्टाेरेज तथा ८ जीबी र्‍याम र १२८ जीबी स्टाेरेजमा उपलब्ध छ, जसकाे मूल्य ३६९ (५१ हजार रूपैयाँ हारहारी) बाट सुरू हुन्छ ।

त्यस्तै मि ११ लाइट फाेरजी ६ जीबी र्‍याम र ६४ जीबी स्टाेरेज तथा ६ जीबी र्‍याम र १२८ जीबी स्टाेरेजमा उपलब्ध छ, जसकाे मूल्य २९९ यूराे (रू. ४१ हजार हारहारी) बाट सुरू हुन्छ ।

नेपाली बजारमा मे महिना वा त्यसपछि मात्रै मि ११ सिरिज उपलब्ध हुने अनुमान गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३