close

पब्जी मोबाइलमा बुधबारदेखि नयाँ म्याप, यस्तो देखिनेछ परिवर्तन

टेकपाना टेकपाना

चैत २२, २०७७ २०:३१

पब्जी मोबाइलमा बुधबारदेखि नयाँ म्याप, यस्तो देखिनेछ परिवर्तन

काठमाडौं । पब्जी मोबाइलको ग्लोबल स्टेबल भर्सनमा अब काराकिन म्याप आउने भएको छ । डेभलपरले पब्जी मोबाइलको आधिकारिक ट्वीटर ह्याण्डलमार्फत यसको जानकारी दिएका हुन् ।

डेभलपरको भनाइमा आउँदो बुधबारदेखि पब्जीमा नयाँ म्याप आउनेछ । काराकिन पब्जी मोबाइल गेमको छैटौं म्याप हो ।

डेभलपरले नयाँ म्याप रिलिजसँगै गेमबाट विद्यमान भिकेन्डी म्याप अस्थायी रुपमा हटाउनेछन् । काराकिन म्याप सबैभन्दा पहिला गत वर्षको फेब्रुअरीमा पीसी भर्सनका लागि सार्वजनिक गरिएको थियो ।

पछिल्ला केही महिनादेखि यो म्याप मोबाइल भर्सनमा समेत आउने अपेक्षा गरिँदै आएको थियो । कयौं प्लेयर्सले नयाँ म्याप पब्जी मोबाइल अपडेट १.३ सँगै सार्वजनिक हुने अपेक्षा गरेका थिए ।

तर त्यसो हुन सकेन । अन्ततः पब्जी मोबाइलका फ्यानहरुको प्रतिक्षाको घडी अब भने समाप्त भएको छ ।

पब्जी मोबाइलले आफ्नो ट्वीटर ह्याण्डलमार्फत नयाँ काराकिन म्याप अप्रिल ७ तारिखबाट आउने घोषणा गरेको छ । डेभलपर्सले नयाँ म्याप आएसँगै भिकेन्डी म्यापलाई अस्थायी रुपमा हटाइने समेत बताएका छन् ।

त्यसो त काराकिन म्याप एक वर्ष पुरानो भइसकेको छ । यसलाई सबैभन्दा पहिला प्लेयर्स अननोन ब्याटलग्राउण्ड (पब्जी) मा सार्वजनिक गरिएको थियो ।

पछिल्लो केही समयदेखि यसलाई पब्जी मोबाइलको बेटा भर्सनमा समेत राखिएको थियो । अब भने यो पब्जी मोबाइलको ग्लोबल स्टेबल (नियमित) भर्सनमा समेत आउने भएको हो ।

नयाँ म्याप २x२ साइजमा आउनेछ । यसमा कुल ६४ प्लेयर खेल्न सक्छन् । सानो भएका कारण यो म्यापमा म्याच रोमाञ्चक हुन्छ ।

पीसी प्रयोगकर्तामाझ यो म्याप निकै लोकप्रिय भइसकेको छ । किन भने यसमा समय समयमा आकासबाट बमको वर्षा समेत हुने गर्दछ ।

जसलाई डेमोलेसन जोन समेत भनिन्छ । जुन हरेक म्याचसँगै परिवर्तन हुन्छ ।

क्याम्पिङ गर्ने प्लेयर्सका लागि यो खतरनाक सावित हुनसक्छ । यसमा सुरुमा एउटा साइरन बज्ने गर्दछ ।

त्यसपछि आकासबाट बमबारी सुरु हुन्छ । यो म्यापमा स्टिकी म्याप समेत पाउन सकिन्छ ।

जसले ढोका पछाडि लुकेका प्लेयर्सलाई एक्सपोज गर्न सहयोग गर्दछ । यसले पर्खाल भत्काउन समेत सक्छ ।

यसबाहेक काराकिन म्यापमा पातला पर्खालको वारपार गोली पुग्न सक्छ । जुन क्याम्पर्सका लागि खतरनाक हुने गर्दछ । यी सबै कारणले गर्दा काराकिन म्यापमा गेमिङ निकै रोमाञ्चक हुने गर्दछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१