close

त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित

टेकपाना टेकपाना

बैशाख १३, २०७८ १७:२९

त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित भएकाे छ । त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबार बसेको बैठकले वैशाख १४ गतेदेखिका सबै वार्षिक र सेमेस्टर परीक्षाहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

त्रिवि परीक्षा नियन्त्रकले जारी गरेकाे विज्ञप्तिअनुसार कोभिड १९ को दोस्रो लहर आएर विभिन्न ठाउँमा निषेधाज्ञा जारी भएकाले परीक्षा सञ्चालनमा कठिनाइ भएकाले भाेलिदेखि स्नातक तह र स्नातकाेत्तर तहका सबै परीक्षा स्थगित गरिएकाे हाे ।

यसअघि कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले पूर्वनिर्धारित सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गरेपनि त्रिविले साेमबार परीक्षा सञ्चालन गरेकाे थियाे ।

May be an image of text

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१