close

अनलाइन किनमेलमा १५ प्रतिशत छुट दिँदै एनआईसी एसिया बैंक

टेकपाना टेकपाना

बैशाख १९, २०७८ १८:१६

अनलाइन किनमेलमा १५ प्रतिशत छुट दिँदै एनआईसी एसिया बैंक

काठमाडाैं । नयाँ भेरियन्टको कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रण गर्न सरकारले देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिरहेका बेला हामी सबैले आ-आफ्नो स्तरबाट उचित सावधानी अपनाई महामारी रोकथामका लागि सहयोग गर्नुपर्ने आजको टड्कारो आवश्यकता छ ।

यस अवस्थामा विभिन्न अनलाइन माध्यमहरूले दैनिक रुपमा अत्यावश्यक सामग्रीहरू उपभोक्ताहरूको घरमै डेलिभरी गरिरहेको अवस्थामा एन आई सी एशिया बैंकले आफ्ना ग्राहकलाई घरमै बसेर विभिन्न अनलाइनमार्फत वैशाख ३१ सम्म अत्यावश्यक सामग्री खरिद गर्दा १५ प्रतिशत वा अधिकतम रू. ५०० सम्म नगद फिर्ता (क्यासब्याक अफर) को योजना सार्वजनिक गरेको छ ।

बैंकले सस्ताेडिल, ग्यापु, रिचार्जर, इन्फिस्टाेर तथा खानपिन फुड्स एण्ड टुर्सबाट दैनिक अत्यावश्यक सामग्रीहरू खरिद गर्दा नगद फिर्ता प्राप्त गर्न सकिने व्यवस्था गरेको छ ।

नेपालमा कोरोना भाइरसले सिर्जित असहज परिस्थितिका बेला ग्राहक महानुभावहरूलाई किनमेल गर्न अझ सहज पार्ने उद्देश्यअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकलाई प्रोत्साहन गर्नका निमित्त ई–कमर्श कम्पनीहरूबाट सामग्री खरिद गर्दा आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हो ।

यसका लागि ग्राहक महानुभावहरूले बैंकको कार्डमार्फत ई–कमर्श तथा पाेस भुक्तानी एवं मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले क्यूआर भुक्तानी गरी यस योजनामा सहभागी हुन सक्नुहुनेछ ।

साथै, आफ्नो कार्डमा ई–कमर्श भुक्तानी सुविधा नलिनुभएका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको ‘आईसर्भ’ मार्फत सहज रुपमा आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नुहुनेछ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

२२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१