close

आईओएस १४.६ सार्वजनिक, यस्ता छन् नयाँ फिचर

टेकपाना टेकपाना

जेठ ११, २०७८ १६:३२

आईओएस १४.६ सार्वजनिक, यस्ता छन् नयाँ फिचर

काठमाडौं । एप्पलले साेमबार आईओएस १४.६ अपडेट जारी गरेको छ । आईफोन सिक्स एस र यसपछिका आईफोन मोडलका लागि ल्याइएकाे नयाँ अपडेटमा एप्पल कार्ड फ्यामिली, एप्पल पोडकास्टकाे सब्सक्रिप्सन, सेक्युरिटी अपडेट, एप्पल म्युजिक सपाेर्ट लगायतका फिचर थप भएका छन् ।

कम्पनीले आईओएस १४.६ अपडेटमा महत्वपूर्ण सेक्युरिटी अपडेट ल्याएकाे छ । यसअन्तर्गत ह्याकरले भाइरसयुक्त अडियाे फाइलमार्फत प्रयाेगकर्ताकाे डेटा चाेरेकाे पाइएकाे थियाे ।

त्यस्तै अब १७० देशका आईफाेन प्रयाेगकर्ताले एप्पल पाेडकास्ट सब्सक्राइब गर्न सक्ने भएका छन् । नयाँ अपडेटसँगै एयरट्यागमा फोन नम्बरको सट्टा ईमेल एड्रेस राख्ने फिचरका साथै ट्रयाकिङ गर्न ‘फाइन्ड माई एक्सेसाेरिज’ फिचर पनि समावेश गरिएकाे छ ।

त्यस्तै अब प्रयोगकर्ताले आफ्नो आवाज प्रयोग गरेरै आईफोन लक गर्ने फिचर पनि पाएका छन् ।

एप्पल म्युजिक युजरका लागि लक्षित गर्दै आईओएस १४.६ मा डोल्बी एटमस र लसलेस अडियो सपाेर्टकाे सुविधा दिइने भएकाे छ । यी दुवै फिचर अर्को महिनादेखि लाइभमा आउने अनुमान गरिएकाे छ ।

एप्पलले आईओएस १४.६ सँगै आईप्याडओएस १४.६, म्याकओएस ११.४, वाचओएस ७.५, टीभीओएस १४.६ र हाेमपाेडओएस १४.६ पनि ल्याएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१