close

वेब ब्राउजरमा पनि रिल्स फिचर उपलब्ध गराउँदै इन्स्टाग्राम

टेकपाना टेकपाना

जेठ १७, २०७८ १०:४०

वेब ब्राउजरमा पनि रिल्स फिचर उपलब्ध गराउँदै इन्स्टाग्राम

काठमाडौं । शर्ट भिडिओमा टिकटकले पाएको सफलतासँगै विभिन्न कम्पनीले सोही खालको फिचर उपलब्ध गराउने क्रम जारी छ । जसमा इन्स्टाग्राम पनि एक हो । इन्स्टाग्रामले पनि शर्ट भिडियो प्लेटर्फमको रुपमा रिल्स ल्याएकाे छ ।

रिल्समा विस्तारै मान्छे जोडिन क्रम पनि बढिरहेकका छन् । यसैलाई मध्यनजर गर्दै कम्पनीले अब थप नयाँ फिचर उपलब्ध गराउने भएको छ ।

The icon for the Reels feature is between the Notifications button and the Navigation button. 
The changes to the story feature that could be making it it to the Instagram app. 

कम्पनीले अब रिल्स वेब ब्राउजरबाट पनि प्रयोग गर्न सकिने फिचर ल्याउने तयारी गरिरहेको हाे । योसँगै प्रयोगकर्ताले ल्यापटप तथा कम्प्युटरमा बेव ब्राउजरमार्फत पनि रिल्समा भिडिओ अपलोड गर्ने, बनाउने लगाएको काम गर्न सक्ने जनाइएको छ ।

त्यसका लागि वेब ब्राउजरमा भिडिओको छुट्टै आइकन उपलब्ध गराउने तयारी कम्पनीले गरिरहेको देखिन्छ । हाल सार्वजनिक भएको फोटोमा वेब भसर्नको दायाँ साइडको माथि भिडिओको आइकन उपलब्ध हुनेछ । जसमा क्लिक गरी प्रयोगकर्ताले रिल्सका भिडओ हेर्न तथा भिडियो अपलोड गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३