close

महिलालाई फेसबुक म्यासेन्जरमा अश्लील फोटो र भिडिओ पठाउने व्यक्ति पक्राउ

टेकपाना टेकपाना

असार १, २०७८ १४:५

महिलालाई फेसबुक म्यासेन्जरमा अश्लील फोटो र भिडिओ पठाउने व्यक्ति पक्राउ

काठमाडाैं । सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरकाे दुरूपयाेग गरी अश्लील तस्विर/भिडिओ पठाउने व्यक्ति पक्राउ परेका छन् । प्रहरीले गत शुक्रबार काठमाडौं महानगरपालिका वडा नं. १७ डल्लु बस्ने २६ वर्षीय सानु पोडेलाई पक्राउ गरेकाे हाे ।

निज पाेडेले एक नाबालिकाकाे फेसबुक म्यासेन्जरमा पटक-पटक अश्लील भिडिओ पठाउने तथा पीडितको अनुहार एवं अपरिचित महिलाको नग्न शरीर जोडी तस्वीर/भिडिओ पठाई दुःख हैरानी दिनुका साथै चरित्र हत्या गर्ने कार्य गरेको पाइएको साइबर ब्यूराेले जनाएकाे छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएकाे छ ।

यस्ता घटनासम्बन्धी प्राप्त निवेदन र उजुरीउपर निरन्तर अनुसन्धान भइरहेकाे समेत ब्यूराेले जनाएकाे छ । यो क्रम अहिलको बन्दाबन्दी, संक्रमणकालीन समयमा अझ बढी फैलिएकाले त्यस्ता कार्यहरु नगर्न/नगराउन ब्युरोले अनुरोध गरेको छ । साथै त्यस्ता गतिविधी गरेको पाइएमा विद्युतिय कारोवार ऐन, २०६३ अन्तर्गत कारबाही हुने साे सूचनामा उल्लेख छ ।

उजुरी कसरी गर्ने ?

यदि कसैले सामाजिक सञ्जालमा यस्ता सामग्री पाेस्ट गरिरहेका छन् भने तपाईंले साइबर ब्यूराेमा उजुरी दिन सक्नुहुन्छ । अनलाइनबाटै उजुरी गर्न यस्ताे छ प्रक्रिया:

  • ईमेलमार्फत ब्युरोमा उजुरी गर्न सुरुमा यहाँ क्लिक गर्नुहोस् ।
  • प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोलाई सम्बोधन गर्दै निवेदन लेख्नुहोस् र आफ्नो नाम तथा सम्पर्क नम्बर राखेर हस्ताक्षर गर्नुहोस् ।
  • यहाँ  गरी निवेदनको नमूना डाउनलोड गरेर आवश्यक विवरणहरु भर्न पनि सक्नुहुन्छ । अंग्रेजीमा निवेदनको नमूना आवश्यक भए यहाँ क्लिक गर्नुहोस् । 
  • साथमा आफ्नो नागरिकता तथा सवारी चालक अनुमति पत्र वा अन्य परिचय खुल्ने सरकारी परिचय पत्रको दुवै पट्टीको फोटोकपी अट्याच गर्नुहोस् । 
  • प्रमाणको रुपमा उजुरीसँग सम्बन्धित स्क्रीनसट तथा लिंकहरु समावेश गर्नुहोस् ।
  • यति गरेपछि सेन्ड बटन थिचेर साइबर ब्युरोलाई ईमेलमार्फत उजुरी टिपाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१