close

बीमा र बैंकिङ कर्जा सम्बन्धी हरेक जानकारी ‘रूम्सन मनी’ मा

टेकपाना टेकपाना

असार ६, २०७८ १५:२९

बीमा र बैंकिङ कर्जा सम्बन्धी हरेक जानकारी ‘रूम्सन मनी’ मा

काठमाडौं । ब्लकचेन प्रविधिमा केन्द्रित रुम्सन ग्रुप अफ कम्पनीले नयाँ वित्तीय सेवा रुम्सन मनी ल्याएको छ । याे फिनटेक सेवाले ऋण वा बीमाको आवश्यकता भएको व्यक्तिलाई विभिन्न बैंक र बीमा संस्थानको सेवा सुविधाहरू जस्तै ब्याज दर, घर कर्जा, जीवन बीमा नीति आदिबीच एकसाथ तुलना गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ ।

उपयुक्त ऋण र बीमा खोज्नु आफैंमा दुविधा र जटिल प्रक्रिया भएकाे भन्दै कम्पनीले ‘रुम्सन मनी’ मार्फत् यो समस्याको समाधान गरिएकाे बताएकाे छ । ‘यसले ग्राहकहरुलाई सूचित निर्णय लिन मद्दत गर्दछ। यो सेवाको माध्यमबाट ग्राहकहरूले ऋण लिन वा खाता खोल्नका लागि केवाईसी फर्म र आवश्यक कागजातहरुसहित सजिलै आवेदन दिन सक्छन्,’ कम्पनीकाे प्रेस विज्ञप्तिमा उल्लेख छ ।

काेराेनाकाे विश्वव्यापी महामारीका कारण सबैजना घर बस्न र घरबाट नै आफ्नो दैनिक कार्य गरिराख्ने बानीको विकास भएकाले बैंक तथा वित्तीय क्षेत्रहरु पनि आक्रामक रूपमा डिजिटलतर्फ रूपान्तरण भइरहेका छन् । महामारीले गर्दा भौतिक उपस्थितिमा बैंक र बीमा कम्पनीहरूमा जानु एक चुनौतीपूर्ण बनेको छ ।

रुम्सन मनीले ग्राहक र कर्मचारीलाई सुरक्षित राख्दै उनीहरूलाई उचित अवसर प्रदान गर्ने विश्वास कम्पनीकाे छ । रुम्सन मनीले बैंक र बीमा कम्पनीहरूलाई नयाँ ग्राहक लिन पनि सहयोग पुर्‍याउँछ । ग्राहकहरूमा परिणत भएपछि संस्थाहरुले कम्पनीकाे एआई र ब्लकचेनद्वारा सञ्चालित रुम्सन केवाईसी सेवाको माध्यमबाट अनबोर्डिङको लागत कटौती गर्न पनि मद्दत गर्न सक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६