close

अनलाइनमा चिठ्ठाको लोभमा कतै ठगिनु त भएको छैन ?

टेकपाना टेकपाना

असार १६, २०७८ २१:५४

अनलाइनमा चिठ्ठाको लोभमा कतै ठगिनु त भएको छैन ?

काठमाडौं । पछिल्लो समय विभिन्न सामाजिक सञ्जालको दुरूपयोग गरी रकम ठगी गर्ने क्रियाकलाप बढिरहेको छ । फेसबुक, भाइबर, ह्वाट्सएप, इमोजस्ता सामाजिक सञ्जालबाट विभिन्न प्रलोभन देखाउँदै सोझा मानिसलाई ठगी गर्ने प्रवृत्ति बढेको हो । प्रहरी कार्यालयमा दिनहुँ यस्ता घटनाको उजरी टिपाउनेकाे संख्याले पनि यस्ता फ्रड बढिरहेकाे देखाउँछ ।

यसैबीच सुरक्षित रूपमा डिजिटल कारोबार गर्न नेपाल बैंकर्स संघले ग्राहकलाई सचेत गराएको छ । बुधबार एक सूचना जारी गर्दै संघले पछिल्ला दिनमा व्यक्तिगत र गोप्य विवरण दुरूपयोग गरी विभिन्न क्रियाकलाप भइरहेकाले सजगता अपनाउन आग्रह गरेको हो ।

विभिन्न सामाजिक सञ्जालमार्फत् अनधिकृत व्यक्तिले बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई चिठ्ठा परेको र रकम पठाउनका लागि खाता नम्बर, मोबाइल नम्बर, पासवर्ड (ओटीपी) प्राप्त गरी रकमान्तर गर्ने वा गर्न लगाउने जस्ता क्रियाकलाप भइरहेको भन्दै संघले सतर्कता अपनाउन अनुराेध गरेकाे छ ।

संघले व्यक्तिगत गोप्य विवरण कुनै पनि व्यक्तिसँग आदानप्रदान नगर्नसमेत आग्रह गरेको छ । साथै त्यस्तो कल तथा कारोबारको शंका लागेमा नजिकैको बैक शाखामा तुरुन्त सम्पर्क गर्नसमेत आग्रह गरिएको छ ।

सुरक्षित रूपमा यसरी प्रयाेग गर्नुहाेस् अनलाइन बैंकिङ

  • अनलाइन बैंकिङको प्रयोग गर्नुअगाडि आफ्नो बैंकको अनलाइन बैंकिङसम्बन्धी नियम प्रक्रिया आदिबारे जानकारी लिनुपर्छ ।
  • अनलाइन बैंकिङ सेवा प्रयोग गर्दा सम्बन्धित बैंकको आधिकारिक वेबसाइट प्रयोग गर्ने । माेबाइल बैंकिङ का लागि आधिकारिक माेबाइल एप पहिचान गरेर मात्र इन्स्टल गर्ने र प्रयोग गरौं ।
  • अनलाइन बैंकिङमा प्रयोग हुने कम्प्युटर/माेबाइल/ल्यापटपमा अनिवार्य रुपमा पासवर्ड/प्याटर्न/पिन/बायाेमेट्रिक आदिको प्रयोग गरी लक गर्ने गरौं ।
  • अनलाइन बैंकिङको यूआरएल सधैं टाइप गरी र कहिले पनि ईमेल लिंक वा अन्य वेबसाइटमा रहेको हाइपरलिंक क्लिक गरी प्रयोग नगरौं ।
  • अनलाइन बैंकिङको लागि Multi-Factor Authentication (जस्तै Two Factor Authentication, Mobile Number, OTP Fingerprint इत्यादि) को प्रयोग गरौं ।
  • Banking Transaction को मोबाइल (SMS / Email) Notification सेवा अनिवार्य प्रयोग गरौं ।
  • आफ्नो Bank Statement नियमित चेक गरौं ।
  • आफ्नो Bank Account, Password, PIN Code, CVC, OTP कहिले पनि कसैलाई नदिउ । बैंकका कर्मचारीहरुले कहिले पनि तपाइँको Password, PIN Code, CVC, OTP जस्ता विवरण नमाग्ने हुँदा Fake Call/Scam हरुबाट बचौं ।
  • Online Banking को लागि बलियो पासवर्डको प्रयोग गरौ र नियमित परिवर्तन गरौ ।
  • आफ्नो अनलाइन बैंकिङको Login Credential कहिले पनि Browser आदिमा Save नगरौं ।
  • अनलाइन बैंकिङ सेवा प्रयोग गरि सकेपछि Logout/Sign out गर्न नभुलौं
  • सार्वजनिक स्थलका Computer (जस्तै Cyber Café etc.) वा सार्वजनिक Wi-Fi को प्रयोग गरी Online Banking सेवा प्रयोग नगराैं ।
  • अनलाइन बैंकिङको लागि प्रयोग गरिने Computer / Mobile Device तथा Mobile App हरुलाई नियमित अपडेट गरौं ।
  • आफ्नो बैंक खातामा कुनै शंकास्पद गतिविधि देखिएमा तुरुन्त बैंकमा सम्पर्क गरौं ।
  • Computer, Mobile, Laptop आदिमा खरिद गरिएका अर्थात खरिद गरिएका Anti-Virus को प्रयोग गरौं ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५