close

दराज महाबचत बजार सुरू, अनलाइन पेमेन्टमा छुट र उपहार

टेकपाना टेकपाना

साउन ३, २०७८ २१:२१

दराज महाबचत बजार सुरू, अनलाइन पेमेन्टमा छुट र उपहार

काठमाडाैं । आइतबारदेखि दराज महाबचत अभियान सुरू भएकाे छ । ग्राहकका लागि बचत प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित ईकमर्स प्लेटफर्म दराजले वर्षेनि गर्ने यस अभियानको सञ्चालन गर्दै आएको छ ।

याे अभियानका लागि दराजले विभिन्न बैंक र भुक्तानी सेवाप्रदायकसँग सहकार्य गरेकाे छ । अभियानका मुख्य आकर्षणमा रु. चार हजारसम्मको छुट, बैंक कार्ड वा आईएमई पेमार्फत् अनलाइन प्रि-पेमेन्टमा रु. दुई हजारसम्मको छुट, रु. १ मा आईफोन १२ जित्ने मौका लगायत रहेका छन् ।

त्यस्तै बम्पर उपहारमा म्याक बुक प्रो १३ जित्ने मौका, निःशुल्क डेलिभरी, निःशुल्क भौचरका साथै अन्य पुरस्कार जित्ने मौका पनि रहेको छ ।

यी बैंकका डेबिट कार्ड धारकहरूले १५ प्रतिशत अर्थात् रु. १,५०० सम्मको छुट पाउनेछन् भने क्रेडिट कार्ड धारकहरूले कार्ड प्रि-पेमेन्टमा २० प्रतिशत (रु. २००० सम्म) छुट पाउनेछन् । यो अफर सीमित समयका लागि मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यसैगरी ग्राहकले आफ्नो आईएमई पे खातामार्फत प्रि-पेमेन्ट गरेर मूल्य अझै कम गर्न पनि सक्दछन् । आईएमई पेमार्फत भुक्तानी गरे ग्राहकले आफ्ना सबै खरिदमा २० प्रतिशत (रू. १,००० सम्म) छुट पाउन सक्नेछन् । यसबाहेक, पहिलोपटक भिसा कार्डमार्फत भुक्तानी गर्ने दराज ग्राहकले २० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।

भिसा डेबिट कार्ड मार्फत प्रि-पेमेन्ट गरेमा १५ प्रतिशत (रु. ५००० सम्म) छुट र भिसा क्रेडिट कार्डमार्फत प्रि-पेमेन्टमा २० प्रतिशत (रु. ५०० सम्म) छुट पाउन सक्नेछन् ।

दराज महाबचत बजारमा प्रदर्शित ‘खेल एक रुपैयाँ’ मा भाग लिने ग्राहकले रु १,३३,००० मूल्यको आईफोन १२ र रु ५०,००० को श्री बालाजी हिराको झुम्का जस्ता पुरस्कार केवल १ रुपैयाँमा जित्न सक्नेछन् । यसैगरी अरु अन्य पुरस्कार पनि उपलब्ध छन् । खेलमा भाग लिन ग्राहकले बैंक कार्ड वा आफ्नो आईएमई पे खाता प्रयोग गरी १ रुपैयाँ भुक्तानी गर्न सक्दछन् ।

शीर्ष राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरू जस्तै सुजुकी, सामसङ, पानासाेनिक, मोटोरोला, सीजी डिजिटल, एर्क, लोट्टो, टाइटन, गोल्डस्टार, मसला बीड्स, वाइल्डस्टोन र मीमीले आफ्नो अन्य उत्पादनहरूमा विशेष छुट प्रदान गर्दै छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१