close

मोबाइल एपका लागि पनि अब माइक्रोसफ्ट एजको पासवर्ड म्यानेजर

टेकपाना टेकपाना

साउन १२, २०७८ १६:२६

मोबाइल एपका लागि पनि अब माइक्रोसफ्ट एजको पासवर्ड म्यानेजर

काठमाडौं । माइक्रोसफ्टले गत हप्ता एज ९२ अपडेट सार्वजनिक गरेसँगै अब मोबाइल एपमा लगइन गर्न एज ब्राउजरको पासवर्ड म्यानेजर प्रयोग गर्न सकिने भएको छ ।

माइक्रोसफ्टले पासवर्ड सुरक्षालाई थप बलियो बनाउँदै एजको नयाँ अपडेट सार्वजनिक गरेको हो ।  आफ्नो लगइन आईडीहरू प्रयोग गरेर तपाईंले पिनइन्ट्रेस्ट, इन्स्टाग्रामजस्ता एपमा सजिलै लगइन गर्न सकिने छ ।

माइक्रोसफ्टले पहिले नै ‘माइक्रोसफ्ट अथेन्टिकेटर’ मार्फत विश्वव्यापी पासवर्ड व्यवस्थापन फिचर सार्वजनिक गरिसकेको छ, जसमार्फत आईओएस र एन्ड्रोइडमा तपाईंको पासवर्ड अटोफिल गर्न सकिन्छ ।

माइक्रोसफ्टका अनुसार एजको मोबाइल भर्सनले पनि वेब भर्सनले जस्तै आईओएसमा पासवर्ड अटोफिल सेट गर्दछ । तपाईंको कुनै पासवर्ड एकभन्दा बढी साइटमा प्रयोग भएको छ भने यसले थाहा पाउन मद्दत गर्दछ ।

त्यसैगरी तपाईंको पासवर्ड बलियो छ कि छैन भनेर पासवर्ड हेल्थ ड्यासबोर्डबाट हेर्न सकिनेछ ।

सुन्दा यी फिचरहरू पहिले नै प्रयोग भइसकेको जस्तो लागे पनि एजमा यो फिचर नयाँ हो । आउटलुक प्रयोगकर्ताको लागि पनि माइक्रोसफ्टले एजमा यो सुविधा लागू गरेको छ ।

अब आउटलुकको अकाउन्ट भएको प्रयोगकर्ताले एजमार्फत सजिलै आफ्नो क्यालेन्डर र कन्ट्याक्ट चेक गर्न सक्छन् भने ईमेल पनि पठाउन सक्नेछन् । यसको लागि आउटलुक एपको आवश्यकता हुँदैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१