ट्रेन्डिङ:
जिमेलका यी महत्वपूर्ण ट्रिक्स, जुन तपाईंलाई थाहा नहुन सक्छ देशभर फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको गुणस्तर मापन गर्दै प्राधिकरण यसकारण ढिलो चार्ज हुन्छ मोबाइल, कतै तपाईंले गल्ती त गरिरहनु भएको छैन ? तातो खाना फ्रिजमा राख्दा के हुन्छ ? लोकसेवा र विभिन्न विषयको प्रवेशिका परीक्षा तयारी गर्न सघाउने अनलाइन प्लेटफर्म ‘ज्ञानमार्क’ उत्कृष्ट ५ नेपाली ट्राभल भ्लगर, भिडियो हेर्दै गर्नुहोस् दशैं बिदाको सदुपयोग यसकारण ढिलो चार्ज हुन्छ मोबाइल, कतै तपाईंले गल्ती त गरिरहनु भएको छैन ? फेसबुकमा तपाईंको फ्रेन्ड रिक्वेस्ट कसले एक्सेप्ट गरेन ? यस्ताे छ थाहा पाउने सजिलाे तरिका देशभरका १४ हजार केन्द्रहरुमा पुग्यो निःशुल्क इन्टरनेट, तीन अर्ब खर्च विन्डोज ११ मा नयाँ अपडेट, पासवर्ड असुरक्षित भए चेतावनी दिने
close

जिमेलका यी महत्वपूर्ण ट्रिक्स, जुन तपाईंलाई थाहा नहुन सक्छ

टेकपाना टेकपाना

साउन ३२, २०७८

जिमेलका यी महत्वपूर्ण ट्रिक्स, जुन तपाईंलाई थाहा नहुन सक्छ

काठमाडौं । कार्यालयदेखि स्कुल तथा व्यवसाय सबै तहतप्काका व्यक्तिहरुका लागि जीमेलमा केही न केही काम परिरहेकै हुन्छ । अहिलेको समयमा एन्ड्रोइड फोनको व्यापकताका कारणले पनि प्रत्येक व्यक्तिले जीमेल प्रयोग गरिरहेका हुन्छन् ।

प्रायः जसो प्रयोगकर्ताहरूलाई जीमेलका आधारभूत सुविधाहरू बारे जानकारी हुन्छ । तर केही निश्चित किसिमका फिचरको जानकारी नहुँदा अक्सर प्रयोगकर्ताहरूका लागि समस्या पनि बनिरहेको हुन्छ । 

यस्तो अवस्थामा आज हामी तपाईंलाई जीमेलका सिक्रेट केही फिचरहरुको बारेमा बताउँदै छौं । जसले तपाईंको समस्यालाई कम गर्ने मात्र छैनन्, त्यसका साथै जीमेलको स्मार्ट प्रयोगकर्ता समेत बनाउनेछ ।

१. म्युट फिचर

फिसमा प्रयोग हुने ग्रुप मेलको थ्रेड म्यासेजले कहिले काहिँ तपाईंलाई रिस उठाइरहेका हुनसक्छन् । कामको दौरान थ्रेड म्यासेजहरुले हामीलाई कतिपय समय डिस्टर्ब गरिरहेका हुन्छन् । खास गरेर जब तपाईं घरको काममा व्यस्त हुनुहुन्छ, त्यतिबेला यस किसिमको समस्या महसुस भइरहेको हुन्छ । 

यसलाई रोक्नको लागि तपाईं एक्टिभ ग्रुपलाई म्युट गर्न सक्नुहुन्छ । यसले थ्रेडको म्यासेजलाई अर्काइभमा पठाउनेछ । जहाँ तपाईं फुर्सदको समयमा चेक गर्न सक्नुहुन्छ । 

म्युट गर्नका लागि थ्रेड म्यासेजको तीन वटा थोप्ला भएको स्थानमा क्लिक गर्नुहोस् । जहाँ म्युट बटन देखा पर्ने छ । यो क्लिक गर्ने बित्तिकै कुराकानी म्युट हुनेछ । यसपछि, यदि तपाईं कन्भर्सेसनलाई अनम्युट गर्न चाहुनुहुन्छ कन्भर्सेसनमा क्लिक गर्नुहोस् र फेरी अनम्युट बटनमा क्लिक गर्न सक्नुहुन्छ । 

२. स्नुज

स्नुज एकप्रकारको अलार्म बटन हो । यसले तपाईंको समय बचत गर्ने काम गर्दछ । मतलब यदि तपाईंलाई कुनै महत्त्वपूर्ण म्यासेज आयो, जसलाई तपाईं मिस गर्न चाहनु हुन्न ।

तर त्यस समय तपाईंसँग आरामसँग उक्त म्यासेज पढ्न समय छैन । यस्तो अवस्थामा स्नुज बटन प्रयोग गरेर तपाईं निश्चित समयमा ईमेल चेक गर्न सक्नुहुनेछ।

यसबाट तपाईंको कुनै पनि ईमेल अपडेट हराउने छैन । स्नुज बटन प्रयोग गर्नका लागि म्यासेजमा ट्याप गर्नुपर्ने हुन्छ। यसपछि तपाईं निश्चित मिति र समयमा स्नूज गर्न सक्नुहुन्छ ।

३. अटो एड्भान्स फिचर

यो चाहि अनावश्यक म्यासेज तथा ईमेलहरु डिलिट गर्ने एउटा सजिलो तरिका हो । यसमा एउटा ईमेल मेटाएपछि दोस्रो ईमेल स्वतः रूपमा आउँदछ ।

यसको मतलब तपाईं फेरी इन्बक्समा जानुपर्दैन । यसका लागि सुरुमा सेटिङमा जानुहोस् । त्यहाँबाट अटो एड्भान्स अप्सन चयन गर्नुहोस् । यसपछि अन बटनलाई इनेबल गर्नुहोस् ।

४. एडभान्स सर्च फिचर

अक्सर ईमेल खोज्न धेरै समय खर्च भइरहेको हुन्छ। यसबाट जोगिनका लागि तपाईं एड्भान्स सर्च अप्सन रोज्न सक्नुहुन्छ । यसलाई प्रयोग गर्न सर्च अप्सनको दायाँतर्फ क्लिक गर्नुपर्ने हुन्छ ।

जहाँ एक अतिरिक्त ट्याब खुल्नेछ । त्यसबाट तपाईं समय, मिति र कीवर्डको आधारमा आफ्नो इन्बक्समा भएको ईमेल खोजी गर्न सक्नुहुनेछ ।

५. ठूला आकारका फाइल पठाउने ट्रिक

जीमेलबाट ठूला साइजका फाइलहरू ट्रान्सफर गर्दा प्रयोगकर्ताले निकै कष्ट महसुस गरिरहेका हुन्छन् । तर एउटा तरिका अपनाउनु भयो भने तपाईं ठूला आकारका फाइल जीमेलमार्फत पठाउन सक्नुहुन्छ । 

सामान्यतया प्रयोगकर्ताहरु ईमेलमा पीडीएफ, वर्ड डक्स, तस्वीरलाई अट्याच गरेर ट्रान्सफर गरिरहेका हुन्छन् । यदि तपाईंले गूगल ड्राइभमा राखेर त्यसको लिङ्क प्रयोग गर्नुभयो भने तपाईंले २५ एमबीभन्दा ठूला साइजका फाइल समेत सहजै पठाउन सक्नुहुन्छ ।