close

पहिलो पटक फ्री फायरमा नेपाली खेलाडीलाई छुट्टै इभेन्ट

टेकपाना टेकपाना

चैत २५, २०७८ १३:२

पहिलो पटक फ्री फायरमा नेपाली खेलाडीलाई छुट्टै इभेन्ट

काठमाडौं । गरिना फ्री फायरले पहिलो पटक नेपाललाई आफ्नै इन गेम इभेन्ट दिने भएको छ । गरिनाले आज ‘तपाईंले भन्नुभयो हामीले सुन्यौँ’ भन्दै नेपाल इज अनलाइन भन्ने इभेन्ट ल्याएको हो ।

यो इभेन्टमा फ्री फायर खेलाडीले गेम भित्र विभिन्न मिसनहरू पुरा गर्नुपर्ने हुन्छ । मिसन पुरा गरेर टोकन जम्मा गरिसके पछि खेलाडीलाई टिसर्ट उपलब्ध हुनेछ । यो इभेन्ट आजबाट सुरु भएर अप्रिल १० अर्थात आइतबारसम्म गेममा रहने छ ।

यसअघि भारतीय सर्भरमा हुँदा नेपाली प्लेयरले कुनै प्रकारको नेपाली चाडपर्व लक्षित इभेन्टहरू उपलब्ध थिएन । तर बङ्गलादेश सर्भरमा गए पछि भने गरिनाले नेपाली प्लेयरलाई लक्षित गर्दै पहिलो इभेन्ट ल्याएको हो ।

No description available.

यसै इभेन्ट मार्फत गरिनाले नेपाली नयाँ वर्षको लागि केही विशेष तयारी भैरहेको पनि जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५