close

अव्यवस्थित तारले सहर कुरूप बनायोः राज्यमन्त्री श्रेष्ठ

टेकपाना टेकपाना

असार १७, २०७९ ११:५२

अव्यवस्थित तारले सहर कुरूप बनायोः राज्यमन्त्री श्रेष्ठ

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले पोलहरूमा टाँगिएका अव्यवस्थित तारले सहर कुरुप देखिएको भन्दै इन्टरनेट सेवा प्रदायकलाई यसको व्यवस्थापन गर्न आग्रह गरेका छन् ।

टेकपानाले शुक्रबार राजधानीमा आयोजना गरेको ‘इन्टरनेट सेवा विस्तारमा विद्युतीय पूर्वाधारको योगदान र चुनौती’ विषयक अन्तक्र्रियामा बोल्दै राज्यमन्त्री श्रेष्ठले इन्टरनेटका अव्यवस्थित तारको समाधान गर्न सेवा प्रदायकको ध्यानाकर्षण गराएका हुन् ।

‘पोलमा झुण्डिएका अव्यवस्थित तारले सहर कुरुप देखिनुका साथै आगलागीजस्ता दुर्घटना पनि बढिरहेका छन्,’ उनले भने, ‘यसलाई व्यवस्थापन गर्न सेवा प्रदायकहरूले भूमिका खेल्नुपर्छ ।’

सो अवसरमा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले सेवा प्रदायकहरूलाई प्रयोगमा नभएका पुराना तारहरू हटाउन आग्रह गरे ।

‘सबै सेवा प्रदायकहरूले नेपाल विद्युत प्राधिकरण वा नेपाल टेलिकमकाे पोल प्रयोग गरिरहेका छन् । यस्तोमा पुराना तारहरू नहटाइदिँदा पनि पोलहरू अव्यवस्थित देखिएका हुन्,’ उनले भने, ‘तार व्यवस्थापनको कुरा नयाँ होइन । यससम्बन्धी धेरै पटक छलफल भइसकेका छन् । थुप्रै रिपोर्टहरू पनि आएका छन् । तर,अझसम्म कार्यान्वयन हुन सकेको छैन ।’

यस विषयमा सेवा प्रदायक नै ‘प्रोएक्टिभ’ भएर प्रयाेगमा नभएका पुराना तारहरू हटाउन जरूरी रहेकाे उनले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३