close

कोडिङमा रूचि राख्नेहरूका लागि भरतपुरमा राष्ट्रिय स्तरको ह्याकाथन हुँदै

टेकपाना टेकपाना

असोज १२, २०७९ १४:२६

कोडिङमा रूचि राख्नेहरूका लागि भरतपुरमा राष्ट्रिय स्तरको ह्याकाथन हुँदै

काठमाडौं । चितवनको भरतपुरमा अवस्थित युनाइटेड टेक क्लबले युनाइटेड टेक्निकल कलेजसँगको सहकार्यमा राष्ट्रियस्तरको तीन दिने 'युटेक ह्याकाथन अल्फा' गर्ने भएको छ । यो ह्याकाथन प्रतियोगिता  आगामी कात्तिक  १६, १७ र १८ भरतपुरस्थित युनाइटेड टेक्निकल कलेजको सेमिनार हलमा हुने बताइएको छ ।

प्रतियोगितामा सूचना तथा प्रविधिसँग सम्बन्धित संघसंस्था, कलेज तथा टेक क्लबहरुले सहभागिता जनाउनसक्ने आयोजकले जनाएको छ ।

ह्याकाथनमा सहभागी प्रतियोगीहरुले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, ग्रामीण विकास, वैकल्पिक ऊर्जा, साइबर सुरक्षा, जोखिम व्यवस्थापन, वित्तीय, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतका क्षेत्रमा आफ्नो विवेक, रचना र उनीहरुले शैक्षिक संस्थाबाट सिकेका ज्ञानलाई प्रयोग गरी वास्तविक समस्याहरूको समाधानमा कोडिङमार्फत तोकिएको समयावधिभित्र प्रोजेक्ट तयार गर्नु पर्नेछ ।

साथै राष्ट्रियस्तरको दक्ष निर्णायकहरुको मूल्यांकनको आधारमा  उत्कृष्ट प्रतियोगीहरुको चयन गरिने आयोजकले जनाएको छ ।

उत्कृष्ट प्रतियोगिहरुले क्रमशः रु. ३० हजार, रु. १५ हजार र रु. ५ हजार बराबरको धनराशि र विभिन्न उपहार पाउने छन् । साथै ह्याकाथनमा सहभागीहरूलाई कार्यक्रम अवधिभर खान ,बस्न  र अन्य सुविधा आयोजकले नै ब्यहोर्ने भएको छ । ह्याकाथनमा सहभागी हुनका लागि यस लिंकमा क्लिक गरेर आफ्नो टिम दर्ता गराउन सकिने छ ।

पछिल्लो अध्यावधिक: असोज १२, २०७९ १४:२६