close

चुनावी समयमा दूरसञ्चार सेवा प्रभावकारी बनाउन प्राधिकरणको निर्देशन

टेकपाना टेकपाना

मंसिर ३, २०७९ १५:५५

चुनावी समयमा दूरसञ्चार सेवा प्रभावकारी बनाउन प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले चुनावको समयमा दूरसञ्चार सेवालाई थप प्रभावकारी बनाउन सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिएको छ ।

शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी अत्यावश्यक सेवाको रुपमा रहेको दूरसञ्चार सेवालाई थप प्रभावकारिताका साथ सञ्चालन गर्न र प्राविधिक कारणबाट सेवा प्रवाहमा अवरोध सिर्जना हुन नदिन सेवाप्रदायक कम्पनीहरूलाई निर्देशन दिएको हो ।

साथै तत्काल मर्मत सम्भार गर्नुपर्ने अवस्था आइपरे तुरुन्तै टोली खटाउन सकिने गरी  व्यवस्थापन मिलाउन सम्पूर्ण सेवा प्रदायकलाई आग्रह गरेको छ । त्यसैगरी निर्वाचन आयोगबाट जारी भएको आचारसंहिता विपरीत दूरसञ्चार सेवाको पूर्वाधार प्रयोग गर्न/गराउन नदिन समेत प्राधिकरणले निर्देशन दिएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ३, २०७९ १५:५५