close

‘ग्लोबल ई-स्पोर्ट्स गेम २०२२’मा कस्तो रह्यो नेपालको प्रदर्शन ?

टेकपाना टेकपाना

पुस ३, २०७९ १७:३३

‘ग्लोबल ई-स्पोर्ट्स गेम २०२२’मा कस्तो रह्यो नेपालको प्रदर्शन ?

काठमाडौं । ग्लोबल ई-स्पोर्टस फेडेरेसनको आयोजना भएको ग्लोबल ‘ई-स्पोर्ट्स गेम २०२२’ नेपालबाट सहभागी पब्जी टिम र डोटा टिमले ठिकठाक प्रदर्शन गरेका छन् । नेपालबाट पब्जीमा प्रतिस्पर्धा गरेको टिम ‘डीआरएस गेमिङ’ले अङ्क तालिकाको पाँचौ स्थानमा रहँदै प्रतियोगिता टुङ्ग्याएको छ ।

डीआरएसले ६ खेलबाट कुल ६८ पोइन्ट ल्याएको थियो । पब्जी तर्फको उपाधि भने भियतनामले जितेको छ । जसले ६ खेलबाट १०२ पोइन्ट ल्याएको थियो । त्यस्तै दोस्रो स्थानमा साउदी अरेबिया र तेस्रो स्थानमा चाइनिज ताइपे रहेका थिए ।

 

डोटा तर्फ नेपाली टिम क्वाटरफाइनलमा साउदी अरेबियासँग पराजित हुँदै सातौँ स्थानमा रहेको थियो । फाइनलमा पेरुले टर्कीलाई दुई शून्यले हराउँदै डोटाको उपाधि जितेको थियो ।

यो प्रतियोगितामा पब्जी मोबाइल, डोटा-टु, स्ट्रेट फाइटर भी र प्रो इभोलुसन सकर (पेस) गरी चार विधामा प्रतिस्पर्धा भएको थियो  । नेपालले भने पब्जी र डोटामा मात्रै भाग लिएको थियो ।

 

पछिल्लो अध्यावधिक: पुस ४, २०७९ ११:५९