close

हाम्रो पात्रोको प्रबन्ध निर्देशकमा सुदिना गौतम

टेकपाना टेकपाना

असार ११, २०७८ ९:४९

हाम्रो पात्रोको प्रबन्ध निर्देशकमा सुदिना गौतम

काठमाडौं । नेपालको लोकप्रिय एप हाम्रो पात्रोको व्यवस्थापकीय प्रमुखमा सुदिना गौतम नियुक्त भएकी छन् । करिब ८ वर्षदेखि हाम्रो पात्रोमा प्रशासन विभाग प्रमुख रहेकी गौतमलाई कम्पनीको प्रबन्ध निर्देशकमा पदोन्नती गरिएको हो ।

हाम्रो पात्रोका लागि व्यवस्थापक तथा सम्पादक सुदिना गौतम नेपालस्थित एकमात्र आधिकारीक प्रतिनिधि एवम् सम्पर्क व्यक्ति रहेको कम्पनीले जनाएको छ । ‘हाम्रा आधिकारिक सम्पर्क व्यक्तिबाट नै कार्यालयका सम्पूर्ण कामहरु हुने र त्यसैअनुसार सम्पर्क गरिदिनुहुन अनुरोध गर्दछौं,’ हाम्रो पात्रोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हाम्रो पात्रोले आफूसँग आवद्ध समग्र साझेदार सञ्चार माध्यमहरुलाई सम्झौता नवीकरणका लागि सम्पर्क गरिदिनुहुन अनुरोध समेत गरेको छ । ‘हाम्रो पात्रो सम्पूर्ण सञ्चारमाध्यमसँग सदा झै निरन्तर सहयोगको अपेक्षा गर्दछ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हाम्रो पात्रो एपलाई अझ बढी परिस्कृत, गतिशील र प्रयोगकर्ताका लागि रुचिकर फिचरहरु थप गर्दै लगिने प्रतिवद्धता समेत जनाउँदछौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६