close

साथीलाई क्लासिक टेक रिफर गर्दा बोनसमा एक महिनाको इन्टरनेट र आईपी टिभी पाइने

टेकपाना टेकपाना

साउन २७, २०७८ १३:५३

साथीलाई क्लासिक टेक रिफर गर्दा बोनसमा एक महिनाको इन्टरनेट र आईपी टिभी पाइने

काठमाडौं । इन्टरनेट सेवाप्रदायक क्लासिक टेकले रिफर अफर सञ्चालन गरेको छ । यसअन्तर्गत कम्पनीको इन्टरनेट जडान गर्न अन्य साथी र परिवारलाई सिफारिस गर्दा इन्टरनेट र आईपी टिभीमा बोनस पाउन सकिने कम्पनीले जनाएको छ ।

यस योजना अन्तर्गत हाल कम्पनीकै इन्टरनेट प्रयोग गर्ने प्रयोगकर्ताले नयाँ जडानका लागि रिफर गर्न सक्नेछन् । रिफर गरिएको व्यक्तिले एक वर्षको लागि इन्टरनेट जडान गरेको खण्डमा कम्पनीले रिफर गर्ने व्यक्तिलाई एक महिनासम्म इन्टरनेट सेवा र आईपी टिभी उपलब्ध गराउनेछ ।

एन्ड्रोइडका लागि गूगल प्ले स्टाेर र आईफोनका लागि एप स्टाेरबाट क्लासिक टेकको मोबाइल एप डाउनलोड गरी कम्पनीको रिफर अफरमा सहभागी हुन सकिनेछ ।

रिफर कसरी गर्ने ?
  • रिफर गर्नका लागि सुरुमा कम्पनीले उपलब्ध गराएको युजरनेम र पासवर्ड प्रयोग गरी क्लासिक टेकको मोबाइल एपमा लग ईन गर्नुहोस् ।
  • लग ईन गरेसँगै त्यहाँ रहेको रिफर नामक ‘ट्याब’ देख्न सक्नुहुनेछ । उक्त ट्याबमा क्लिक गर्नुहोस् ।
  • यससँगै नयाँ पेज खुल्नेछ । पेजमा रिफर गर्ने व्यक्तिको विवरण भर्नुहोस् र अन्त्यमा रहेको ‘सबमिट’ बटनमा क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३