close

पाँच मिनेटमै २ लाखले किने साओमी ‘मि प्याड फाइभ’

टेकपाना टेकपाना

भदौ ३, २०७८ २०:४६

पाँच मिनेटमै २ लाखले किने साओमी ‘मि प्याड फाइभ’

काठमाडौं । ग्याजेट्सको दुनियाँमा साओमीको तीव्र दौडले एप्पल, सामसङ लगायतको बजार हिस्सा निरन्तर खुम्चिरहेको छ । पछिल्लो तथ्यांकले साओमीको बजार उकालो लागिरहेको छ ।

स्मार्टफोन, टिभी, आईओटी लगायतका डिभाइसमा कम्पनीको प्रगति लोभलाग्दो छ । यसैबीच अघिल्लो महिना सार्वजनिक भएको साओमी ‘मि प्याड फाइभ’ सिरिज को फस्ट सेल सम्पन्न भएको छ ।

यस अन्तर्गत बिक्रीमा राखिएको २ लाख थान ट्याब्लेट पाँच मिनेटमै बिक्री भएको छ । गिज्मो चाइनाले दिएको जानकारी अनुसार चिनियाँ बजारका लागि मात्र खुलाइएको सो बिक्रीमा केही समयमै ट्याब्लेट सोल्डआउट भएको हो ।

साओमीका लागि यो उपलब्धि विशेष भएको र ट्याब्लेट बजारमा समेत आफूलाई उभ्याउन बल पुग्ने विश्लेषण गरिएको छ ।

चाँडै नै साओमीको ‘मि ट्याब्लेट ५’ र यसको प्रो भर्सन चीन बाहिर पनि विस्तार गर्ने योजना ल्याइएको छ ।

यसैबीच हजारौं प्रयाोगकर्ताले यो ट्याब्लेट र एक्सेसोरिज किन्न बाधा भोगेको भन्दै सामाजिक सञ्जालमा गुनासो पोखेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१