close

लामो समयसम्म कसरी टिकाउने स्मार्टफोन ?

टेकपाना टेकपाना

माघ २१, २०७९ १०:३६

लामो समयसम्म कसरी टिकाउने स्मार्टफोन ?

काठमाडौँ । स्मार्टफोनहरूमा केही ट्रिक्स अपनाउँदा ब्याट्री लामो समयसम्म टिकाउन सकिन्छ । 

अटोमेटिक ब्राइटनेस बन्द गर्नुहोस्

स्मार्टफोनको यो फिचर ‘अन’ गर्दा प्रकाशको मात्रा थाहा पाउने सेन्सरले समेत ब्याट्री खपत गरिरहेको हुन्छ । यसकारण ब्याट्री चाँडै सकिन सक्छ । यसैले लामो समयसम्म ब्याट्री टिकाउन अटोमेटिक ब्राइटनेस फिचरलाई बन्द गर्नुहाेस् ।  

ब्राइटनेस लेभल ५० भन्दा कममा राख्नुहोस्

ब्राइटनेसको तह धेरै राख्दा ब्याट्री धेरै खर्च भइरहेको हुन्छ । त्यसो हुँदा लामो समयसम्म ब्याट्री टिक्दैन । यो कुराको समाधानका लागि ब्राइटनेस तह सकेसम्म ५० भन्दा तल राख्नुहाेस् ।

प्राय: डार्क मोड प्रयोग गर्नुहोस्

बजारमा अहिले पाइने धेरैजसो स्मार्टफोनमा डार्क मोड फिचर पाइन्छ । यो फिचर प्रयोग गर्दा डिस्प्लेका लागि ब्याट्री कम खपत हुन्छ । यसो हुँदा ब्याट्री लामो समयसम्म टिकाउन सहयाेग पुग्छ ।

एड्याप्टिभ ब्याट्री अप्टिमाइजेसन प्रयोग गर्नुहोस्

स्मार्टफोनको यो फिचरले हामीले कुन एप कति बेला चलायौं भन्ने ट्र्याक गर्छ । त्यसो हुँदा कुन एपले ब्याट्री बढी खपत गरिरहेको छ, हामीले देख्न सक्छौं । र त्यो एप कम प्रयोग गरी ब्याट्री टिकाउन सकिन्छ । 

एन्ड्रोइड स्मार्टफोनको पर्फर्मेन्स कसरी सुधार गर्ने ?

हाम्रा केही गल्तीका कारण एन्ड्रोइड फोनको वास्तविक प्रदर्शन क्षमतामा कमी आउन सक्छ । त्यही गल्ती सुधार गरेर हामी एन्ड्रोइड स्मार्टफोनको प्रदर्शन क्षमता सुधार गर्न सक्छौं । साथै केही तरिका छन्, जसलाई प्रयोग गरेर एन्ड्रोइड स्मार्टफोनको प्रदर्शन क्षमता सुधार गर्न सक्छौँ ।

होम स्क्रिनमा धेरै एप नराख्नुहोस्

सजिलो र छिटो हुन्छ भनेर होम स्क्रिनमा धेरै एप राखेका हुन सक्छौं । तर त्यसले फोनको प्रदर्शन क्षमतामा असर पारिरहेको हुन्छ, जुन हामीलाई थाहै नहुन सक्छ । यसकारण सकेसम्म हामीले फोनमा एपको शर्टकट बनाउनु हुँदैन ।

होम स्क्रिनमा भएका एपलाई हटाउन एप आइकनमा केही समय ट्याप गरिरहनुहोस् । अब तपाईंले त्यहाँ ‘रिभुम’ भन्ने विकल्प देख्नुहुन्छ । त्यहाँ क्लिक गरी तपाईंले होम स्क्रिनमा कपी भएर बसेका शर्टकट एप हटाउन सक्नुहुन्छ ।

‘फाइन्ड माइ डिभाइस’ अन गर्नुहोस्

यो फिचर ‘अन’ गरे हराएको आफ्नो स्मार्टफोन भेट्न सजिलो हुन्छ । यो फिचर अन गर्नका लागि फोनमा भएको ‘सेक्युरीटी’ मा जानुपर्ने हुन्छ ।

एक पटक यो फिचर अन गरे पछि आफ्नो हराएको फोन खोज्न andriod.com/find र सामसङ प्रयोगकर्ता findmymobile.samsung.com मा जान सकिन्छ ।

फोन भेट्ने व्यक्तिले हराएको सो फोनमा इन्टरनेट चलाए ‘लोकेसन’ पत्ता लगाउन सकिन्छ । त्यस्तै उसलाई फोन हराएको र फिर्ता दिन अनुरोध गर्दै सन्देश पठाउन  सकिन्छ । साथै त्यस फोनमा भएको डेटा डिलेट गर्न सकिन्छ ।

फोनलाई सधैं अपडेट गर्नुहोस्

कहिलेकाहीँ फोनमा भएका बग अथवा अन्य कुनै समस्याका कारण राम्रोसँग नचलिरहेको हुन सक्छ । त्यो कुरालाई समाधान गरेर कम्पनीले सफ्टवेयरको नयाँ भर्सन सार्वजनिक गर्ने गर्छन् । यदि त्यो अपडेट गरिएन भने फोनमा समस्या रहिरहन्छ ।

यसकारण स्मार्टफोनको नयाँ अपडेट आउनसाथ आफूले पनि अद्यावधिक गर्नुपर्छ । यो कुराले पनि स्मार्टफोनको प्रदर्शन क्षमता सुधार गर्न सहयोग पुग्छ ।

पछिल्लो अध्यावधिक: माघ २१, २०७९ १०:३६