close

आईफोनले एक्कासी किन माग्दैछ तपाईँको एप्पल आईडीको पासवर्ड ?

टेकपाना टेकपाना

बैशाख ४, २०८० ११:५४

आईफोनले एक्कासी किन माग्दैछ तपाईँको एप्पल आईडीको पासवर्ड ?

काठमाडौं । यदि तपाईँ एप्पलको डिभाइस प्रयोग गरिरहनु भएको छ भने तपाईँले डिभाइस चलाउँदा चलाउँदै अचानक एप्पल आईडीको पासवर्ड मागेको याद गर्नुभयो होला । यदि तपाईँको डिभाइसमा पासवर्ड मागेको छैन भने अब माग्नसक्छ । यसको लागि तयार हुनुहोस् । किनभने हालै एप्पल डिभाइसमा एउटा बग फेला परेको छ ।

अहिले धेरै एप्पल प्रयोगकर्ताले आफ्नो मोबाइलमा बिनाकारण एप्पल आईडीको पासवर्ड मागेको बताइरहेका छन् । केहीले त पासवर्ड राखेपछि पनि लगइन फेल भएको गुनासो पोखिरहेका छन् ।

त्यस्तै केहीले एप्पल आईडी लगआउट भएर पुन: लगइन गर्न समस्या भइरहेको उल्लेख गरेका छन् । डाउनडिटेक्टरका अनुसार अहिले एप्पल टिभी एपका प्रयोगकर्ताहरूले धेरै यो समस्या भोगिरहेका छन् ।

केही प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा आफ्नो समस्या लेख्दै बगले गर्दा यस्तो भइरहेको उल्लेख गरेका छन् । कम्पनीले भने यो विषयमा अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएको छ । तर पछिल्ला केही दिनहरूमा एप्पल डिभाइसमा यस्त विभिन्न समस्या देखापरेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ४, २०८० १२:५