close

स्क्रिन फोल्ड गर्न मिल्ने ल्यापटप ल्याउँदै एप्पल

टेकपाना टेकपाना

असार २३, २०८० १७:४४

स्क्रिन फोल्ड गर्न मिल्ने ल्यापटप ल्याउँदै एप्पल

काठमाडौं । फोल्डेबल स्क्रिन भएको ल्यापटप उत्पादनमा एसुस कम्पनी अग्रस्थानमा छ । एसुसले बजारमा आफ्नो 'जेनबुक फोल्ड' विस्तार गरिरहेको छ । भविष्यमा कम्पनीले फोल्डेबल स्क्रिन ल्यापटपको बजारमा एप्पलसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

हालै सार्वजनिक एक रिपोर्ट अनुसार एप्पलले पनि फोल्डेबल स्क्रिन म्याकबुकमा काम गरिरहेको छ । यसका लागि कम्पनीले आपूर्तिकर्ताहरूसँग छलफल गर्न थालेको छ ।

यदि यो वास्तविकतामा परिणत भयो भने फोल्डेबल स्क्रिन ल्यापटपको सुस्त बजार उकासिने अनुमान गरिएको छ । यता सामसङ डिस्प्ले र एलजी डिस्प्लेले पनि ओएलईडी प्यानल उद्योगमा लगानी गरिरहेका छन् ।

एप्पलको फोल्डेबल स्क्रिन म्याकबुकको विशेष विवरण र सार्वजनिक मिति भने खुलाइएको छैन ।

पछिल्लो अध्यावधिक: असार २३, २०८० १७:४९