close

सातौं वार्षिकोत्सव मनाउँदै खल्ती, प्रयोगकर्तालाई क्याशब्याकदेखि विभिन्न उपहार घोषणा

टेकपाना टेकपाना

माघ १२, २०८० ११:३८

सातौं वार्षिकोत्सव मनाउँदै खल्ती, प्रयोगकर्तालाई क्याशब्याकदेखि विभिन्न उपहार घोषणा

काठमाडौं । नेपालको चर्चित डिजिटल वालेट खल्ती आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । २०१७ मा माेबाइल टपअप र बिल भुक्तानीजस्ता सुविधाबाट डिजिटल रूपान्तरण सुरुवात गरेको खल्तीले अहिले इभेन्ट टिकेटिङदेखि सरकारी सेवास‍म्मको काराेबारमा डिजिटल भुक्तानीको सेवा प्रदान गरिरहेको छ ।

आफ्नो सातौं वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीले यस यात्रामा साथ दिने सम्पूर्ण प्रयोगकर्ता, साझेदार, नियामक निकाय, एजेन्ट, मर्चेन्ट व्यवसायी र खल्ती कर्मचारीहरूलाई आभार व्यक्त गरेकाे छ ।

निकै कम समयमा पनि नेपालको डिजिटल कारोबारकाे करिब एक चौथाइ ओगट्न सफल भएको खल्ती दाबी छ । ''कम्पनीले दैनिक करिब तीन लाखभन्दा बढी कारोबारबाट लाखाैं प्रयाेगकर्ताहरूको जनजीवन सहज बनाइरहेकाे छ भने एक लाखभन्दा बढी साना तथा मझौला मर्चेन्ट व्यवसायीहरू प्रत्यक्ष रूपमा खल्तीकाे डिजिटल भुक्तानि सेवाबाट लाभान्वित भइरहेका छन्,'' कम्पनीकाे विज्ञप्तिमा भनिएकाे छ ।

खल्तीमा हाल करिब ४० लाखभन्दा बढी प्रयोगकर्ताहरू, एक लाख बढी एजेन्ट, ६० हजार बढी मर्चेन्ट, ५० बढी बैंक तथा वित्तीय संस्था र १५ सय बढी सहकारी जोडिएका छन् । 

खल्तीले सूचना सुरक्षा व्यवस्थापन प्रणालीको लागि आईएसओ २७००१:२०१३ प्रमाणीकरण प्राप्त गरेको छ भने हालै नेपाल क्लियरिङ हाउस लिमिटेडबाट देशकै सबैभन्दा बढी डिजिटल भुक्तानी काराेबार गर्ने भुक्तानी सेवा प्रदायकको रूपमा पनि सम्मान पाएको छ ।

''खल्ती आफ्नो सातौं वर्षमा प्रवेश गर्दै एक डिजिटल वलेट मात्र नभई ‘योङ्ग एण्ड ट्रेन्डी फाइनान्सियल लाइफस्टाइल ब्रान्ड’ बन्दै युवा पुस्तालाई लक्षित गर्दै अघि बढिरहेको छ । यसका लागी खल्तीले भुक्तानी बाहेकका विभिन्न नवीन सेवा जस्तै खल्ती क्विज, खल्ती बिलबुक नवीकरण , खल्ती सुरक्षा , इभेन्ट टिकटिङ , भोटिङ , मुभी टिकटिङ , ‘खल्ती प्राे’ , ‘खल्ती क्लब’ जस्तै सेवाहरू उपलब्ध गर्दै आइरहेको छ,'' कम्पनीकाे विज्ञप्तिमा उल्लेख छ । 

खल्तीका प्रमुख कार्यकारी अधिकारी विनय खड्काले अबको कम्पनीकाे प्रतिबद्धता खल्तीलाई फाइनान्सियल ​लाइफस्टाइल ब्रान्डको रूपमा स्थापित गर्ने भएकोले त्यसै अनुरूप खल्तीलाई भुक्तानी मात्र नभई लगानी तथा ​आफ्नाे वित्तीय व्यवस्थापन गर्ने प्लेटफर्मकाे रुपमा स्थापित गर्न  विभिन्न नवीन सेवाहरू थपिने बताए ।  

साताैं वार्षिकोत्सवको उपलक्ष्यमा खल्तीले १२ माघदेखि १८ माघ अवधिभर पहिलाे बैङ्क लिकं भुक्तानीमा प्रयोगकर्ताहरूलाई रु. ७७ काे क्याशब्याक अफर उपलब्ध गराएको छ । यसका साथै खल्तीले ‘खल्ती जर्नी’ अफर पनि उपलब्ध गराएको छ ।  यस अनुसार प्रयोगकर्ताहरूले खल्ती एपमा दाहिनेतिर स्वाइप गरी तोकिएको शीर्षक ​अनुसारको भुक्तानीमा इन्स्टेन्ट रिवार्ड जस्तै : खल्ती ब्यालेन्स , खल्ती पाेइन्ट , कुपनहरू र अन्य विभिन्न उपहार जित्न सक्नेछन् ।

‘खल्ती जर्नी’ मा  एकदेखि सात वर्षको शीर्षकमा विभिन्न चरणमा विभिन्न कार्य ताेकिएकाे छ । सोही अनुसारका चरणहरू पार गर्दै प्रयोगकर्ताहरू विजेता बन्न सक्नेछन्। भुक्तानी मात्र नभई खल्ती क्विज, बैंक ​ट्रान्सफर, भाेटिङ, दामी क्यूआर, फ्री विथड्र बैंक खाता सेटअप जस्ता खल्ती विशेष इनाेभेसनहरूको चरण पार गर्दै प्रयाेगकर्ताले रिवार्डकाे लाभ उठाउन सक्नेछन् ।  

साथै, खल्तीले विभिन्न मर्चेन्टसँग साझेदारी गर्दै विभिन्न अफर तथा उपहार पनि आफ्नो छैटाैं वार्षिकोत्सवकै उपलक्ष्यमा उपलब्ध गराएको छ ।

पछिल्लो अध्यावधिक: माघ १२, २०८० ११:४९