close

अब नागरिक एपमा भएको स्वास्थ्य बीमा परिचयपत्र देखाएरै औषधोपचार सेवा लिन सकिने

टेकपाना टेकपाना

चैत २८, २०८० १०:५३

अब नागरिक एपमा भएको स्वास्थ्य बीमा परिचयपत्र देखाएरै औषधोपचार सेवा लिन सकिने

काठमाडौं । अब नागरिक एपमा रहेको स्वास्थ्य बीमा परिचयपत्र देखाएरै औषधोपचार सेवा लिन सकिने भएको छ । नागरिक एपले सेवाग्राहीको सहजताका लागि यस किसिमको व्यवस्था गरिएको जनाएको छ ।

नागरिक एपमा आफ्नो स्वास्थ्य बीमा लिङ्क गरेका सेवा ग्राहीले त्यसमा आफ्नो स्वास्थ्य बीमा परिचयपत्र हेर्न सक्छन् । सोही परिचयपत्र स्वास्थ्य संस्थाहरूमा देखाएरै स्वास्थ्य सेवा लिन सकिने व्यवस्था देशव्यापी रूपमा कार्यान्वयनमा आएको हो ।

यससँगै अब स्वास्थ्य बीमाको सेवा सुविधा प्राप्त गर्न त्यस सम्बन्धी कागजात साथमा बोकिरहनु पर्ने झन्झटको अन्त्य भएको छ ।

पछिल्लो अध्यावधिक: चैत २८, २०८० १०:५३