close

आफ्नै आवाज राखेर नि:शुल्क रूपमा यसरी बनाउनुहोस् एनिमेटेड भिडिओ

टेकपाना टेकपाना

बैशाख ३, २०८१ १८:१९

आफ्नै आवाज राखेर नि:शुल्क रूपमा यसरी बनाउनुहोस् एनिमेटेड भिडिओ

काठमाडौं । तपाईं कार्टुन अथवा एनिमेसनको कतिको फ्यान हुनुहुन्छ ? यदि हुनुहुन्छ भने एडोबीको 'एनिमेट फ्रम अडिओ' नामक टुल उपयोगी हुन सक्छ । एडोबीले विकास गरेको यो टुलबाट कार्टुनमा आफ्नो आवाज राख्न सकिन्छ । रमाइलोका लागि विभिन्न क्यारेक्टरहरूमा आवाज मिसाएर एनिमेसन गर्नु यो टुलको काम हो ।

यो टुल नि:शुल्क प्रयोग गर्न सकिन्छ । साथै चलाउन पनि निकै सजिलो छ । तर तपाईंले एडोबीमा अकाउन्ट भने बनाएको हुन पर्छ । त्यस्तै मोबाइलबाट भन्दा पनि डेस्कटप वा ल्यापटपबाट यो टुल चलाउँदा राम्रो अनुभव पाउन सकिन्छ । 

यो टुलको सहयोगमा बनाएको भिडिओ मनोरञ्जनात्मक प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ । आज हामी तपाईंलाई यही टुलबाट कसरी एनिमेसन बनाउने भन्ने विषयमा बताउँदै छौं;

  • सबैभन्दा पहिला 'एनिमेट फ्रम अडिओ' टुलमा जानुहोस् । त्यसका लागि यहाँ क्लिक गर्नुहोस् ।

  • अब तलको जस्तो इन्टरफेस देखिन्छ । जहाँ एकातिर पहिल्यै छानिएको क्यारेक्टर हुन्छ भने अर्कोतर्फ विभिन्न क्यारेक्टरहरू देखिन्छ ।

  • यसमा एक सय ३० बढी क्यारेक्टर छन् । त्यस मध्ये कुनैलाई तपाईंले रोज्न सक्नुहुन्छ । तलतर्फ बिस्तारै स्क्रोल गरेर समेत तिनलाई छान्न सक्नुहुन्छ । अझ क्याटगरीमा गएर पनि आफ्नो रुचि अनुसारको क्यारेक्टर छान्न सक्नुहुन्छ । यसमा योङ पिपुल, प्रोफेसनल पिपुल, क्रियचर, एनिमल, फुड, क्लासरुम, स्पोर्ट्स, इमोजी गरी आठ क्याटगरी छन् ।

 

  • तपाईंले छानेको क्यारेक्टर बायाँ तर्फ देखिन्छ । 

 

  • यसमा क्यारेक्टर पछाडिको ब्याकग्राउन्ड सिन पनि परिवर्तन गर्न सकिन्छ । त्यसका लागि दायाँ भागमा रहेको ब्याकग्राउन्डमा क्लिक गर्नुहोस् । यसमा एक सय बढी ब्याकग्राउन्ड छन् । ब्याकग्राउन्ड भने तपाईं आफैंले पनि अपलोड गर्न सक्नुहुन्छ । अथवा कस्टम रङ राख्न सक्नुहुन्छ ।

  • भिडिओको आकार पनि आफू अनुकुल छान्न सक्नुहुन्छ । यसमा स्क्वायर, स्टोरी रिल, पोट्रेट, ल्यान्डस्केप जस्ता विकल्प छन् ।

  • त्यसपछि तपाईंले अडिओ रेकर्ड गर्नुपर्छ । यसका लागि तपाईंले छानेको क्यारेक्टर नजिक भएको 'रेकर्ड'मा क्लिक गर्नुहोस् । अथवा तपाईंले पहिल्यै रेकर्ड गरेको अडिओ फाइल पनि अपलोड गर्न सक्नुहुन्छ । तर यसरी फाइल अपलोड गर्दा दुई मिनेट तथा एक जीबीसम्मको फाइल हुनुपर्छ । 

 

  • फाइनल भिडिओ बन्न केही समय लाग्छ । यसरी तयार हुने भिडिओमा एनिमेसन पनि हुन्छ । जुन हेर्दा कार्टुन जस्तो पनि देखिन्छ । त्यसपछि डाउनलोड गर्ने अथवा एडोबी एक्सप्रेसमा उक्त फाइल खोल्ने विकल्प देखा पर्छ ।

  • यदि तपाईंलाई भिडिओ एडिटिङबारे ज्ञान छ भने एडोबी एक्सप्रेसमा गएर थप एडिट गर्न सक्नुहुन्छ ।

यसरी तपाईंले 'एनिमेट फ्रम अडिओ' टुलबाट बिना पैसा आफ्नो आवाजमा कार्टुन तथा एनिमेसन बनाउन सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: बैशाख ३, २०८१ १८:२१