close

ग्राहकको गुनासो सुन्न टोल फ्री सेवा सुरू गर्दै वर्ल्डलिङ्क

टेकपाना टेकपाना

भदौ ३०, २०७७ १६:२८

ग्राहकको गुनासो सुन्न टोल फ्री सेवा सुरू गर्दै वर्ल्डलिङ्क

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले ग्राहकको गुनासो सुन्न टोल फ्री नम्बर सुरु गर्ने भएको छ । कम्पनीको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित भर्चुअल पत्रकार सम्मेलनका क्रममा अध्यक्ष दिलिप अग्रवालले यसको जानकारी गराएका हुन् ।

अध्यक्ष अग्रवालका अनुसार टोलफ्री नम्बरका लागि नेपाल टेलिकमबाट नम्बर लिने प्रक्रिया अगाडि बढिसकेको छ । ‘नम्बर प्राप्त हुने वित्तिकै हाम्रा ग्राहकले निःशुल्क रुपमा आफ्नो गुनासो टिपाउन सक्नेछन्,’ उनले भने ।

नेपाल दूरसञ्चार प्राधिकरणले गत असारमा सेवा प्रदायकहरुलाई पत्र काट्दै टोल फ्री नम्बरको व्यवस्था गर्न निर्देशन दिएको थियाे ।

सेवा प्रदायकको अनुमतिपत्रको शर्तमा ग्राहकको गुनासो तोकिएको समयावधिभित्र समाधान गर्नुपर्ने उल्लेख छ ।

याे पनि पढ्नुहाेस् : अब इन्टरनेट सेवाप्रदायकले अनिवार्य टोल फ्री नम्बर राख्नुपर्ने

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०