close

म्यानचेस्टर सिटीको ट्वीटर अकाउन्ट सस्पेन्डेड, क्लब भन्छ: ह्याक भएको होइन

टेकपाना टेकपाना

असोज २१, २०७७ १८:२१

म्यानचेस्टर सिटीको ट्वीटर अकाउन्ट सस्पेन्डेड, क्लब भन्छ: ह्याक भएको होइन

काठमाडौं । इंग्लिस फुटबल क्लब म्यानचेस्टर सिटीको आधिकारिक ट्वीटर अकाउन्ट केही समयका लागि सस्पेन्डेड भएको छ । क्लबकाे ट्वीटर ह्याल्डल खोल्दा खाली देखिएपछि क्लबको अकाउन्ट ह्याक भएको अड्कल काटिएकाे थियाे ।

तर अकाउन्ट ह्याक नभएको र ट्वीटरबाटै प्राविधिक त्रुटि भएको कारण उक्त पेज केही समय हराएर पुन: रिस्टोर भएको जनाइएकाे छ ।

केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका समाचार अनुसार म्यानचेस्टर सिटीको नाममा धेरै फेक ट्वीटर अकाउन्ट रहेका कारण ट्वीटरले फेक अकाउन्ट सस्पेन्ड गर्ने क्रममा क्लबकाे वास्तविक अकाउन्ट पनि निशानामा परेकाे हुनसक्ने लेखेका छन् ।

क्लबको ट्वीटर अकाउन्ट अचानक हराएपछि प्रतिस्पर्धी क्लबका फ्यानहरुले विभिन्न ट्राेल र मिम समेत बनाउन थालेका थिए ।

कसैले म्यानचेस्टर २००८ मा मात्र स्थापना भएको कारण ट्वीटरमा जोडिन उ एकदमै कलिलो भएकाले अकाउन्ट निलम्बन भएको अभिव्यक्ति समेत दिएका थिए ।

ट्वीटर अकाउन्ट बनाउन १३ वर्ष पुरा हुनुपर्ने तर क्लब अझै कम उमेरको रहेको भन्दै ती फ्यानहरुले ट्रोल बनाएका हुन् । 

केहीले भने म्यानचेस्टर सिटीको ट्वीटर अकाउन्टमा वास्तविक फलोअर नभई अटोमेटेड वा पैसा खर्च गरेर बढाइएको फलोअर संख्या रहेकाले ट्वीटरले सस्पेन्ड गरेकाे प्रतिक्रिया दिएका थिए ।

यता म्यान सिटीका फ्यानहरूले ट्वीटरकाे कदमप्रति विराेध गरिरहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०