close

ह्वाट्सएपको अडियो म्यासेज अब अक्षरमा पनि पढ्न सकिने

टेकपाना टेकपाना

भदौ २८, २०७८ १८:२७

ह्वाट्सएपको अडियो म्यासेज अब अक्षरमा पनि पढ्न सकिने

काठमाडौं । यदि तपाईं टेक्स्टभन्दा अडियो म्यासेज गर्न रुचाउनु हुन्छ र अडियो म्यासेजमा नबुझिने समस्याले दिक्क हुनुहुन्छ भने ह्वाट्सएपले अब यो समस्यालाई समाधान गर्न नयाँ फिचर ल्याउँदैछ ।

ह्वाट्सएपमा अब अडियो म्यासेज अक्षरमा पनि पढ्न मिल्ने फिचर कम्पनीले ल्याउन लागेको हो । यो फिचरसँगै अब प्रयोगकर्ताले अडियो म्यासेज नबुझिएमा ठूलो आवाज गर्न पर्दैन । सहजै अडियो म्यासेज पढ्न सक्नुहुन्छ ।

हाल यो फिचर सुरुमा आईओएसमा उपलब्ध गराउने गरी कम्पनीले काम गरिरहेको छ । यद्यपि यो फिचर एन्ड्रोइडमा कहिले आउँछ भन्ने विषयमा भने कुनै जानकारी बाहिर आएको छैन ।

यो फिचरले एप्पलको स्पिच रिकग्निशन प्रविधिलाई थप सहयोग पुग्ने आशा गरिएको छ । हाल ह्वाट्सएपको इन्ड-टु-इन्ड इन्क्रिप्शन अन्तर्गत सम्पूर्ण अडियो म्यासेज सुरिक्षत रहने गरेको छ ।

यदि तपाईं ह्वाट्सएपमा लामो म्यासेज पठाउन चाहनुहुन्छ भने अडियो म्यासेज फिचर एउटा उत्कृष्ट फिचर हो । तर कहिले काहिँ अडियोमा आउने अवरोध अथवा हेडफोनको समस्याले गर्दा आउने समस्याले अडियो म्यासेज सुन्न वा बुझ्न गाह्रो भइरहेको हुन्छ ।

यही समस्यालाई समाधान गर्नका लागि ह्वाट्सएपले अडियो म्यासेजलाई अक्षरमा पनि पढ्न सकिने फिचर ल्याउन लागेको हो ।

यो फिचरका कारण कहिले काहिँ प्रयोगकर्ताले चुपचाप अडियो नसुनी अडियोमा के छ भनेर टेक्स्टमा पढ्न सक्छन् ।

यस्तै तपाईंले एकपटक अडियो सुनिसक्नु भएपछि सो अडियोको ट्रान्सक्रिप्टेड टेक्स्ट तपाईंको डिभाइसमा सेभ पनि गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१