close

सस्तो मूल्यमा आकर्षक फिचरसहित नोकिया १.४ नेपाली बजारमा

टेकपाना टेकपाना

फागुन १७, २०७७ १९:९

सस्तो मूल्यमा आकर्षक फिचरसहित नोकिया १.४ नेपाली बजारमा

काठमाडौं । नाेकिया वान सिरिज अन्तर्गत नयाँ स्मार्टफाेन नेपाली बजारमा सार्वजनिक भएकाे छ । कम्पनीले याे सिरिजकै सबैभन्दा ठूलाे फाेनका रूपमा नाेकिया १.४ बजारमा ल्याएकाे हाे । याे फाेनकाे स्क्रिन ६.५२ इन्चकाे छ ।

याे फाेनका मुख्य विशेषतामा एन्ड्राेइड १० अपरेटिङ सिस्टम, आईपीएस एलसीडी डिस्प्ले (७२०x१६०० पिक्सेल), स्न्यापड्रागन २१५ प्राेसेसर, ८ मेगापिक्सेलकाे मुख्य क्यामेरा, ५ मेगापिक्सेलकाे सेल्फी क्यामेरा, ४ हजार एमएएच ब्याट्री, फिंगरप्रिन्ट (रियर-माउन्टेड) लगायत छन् ।

कम्पनीले याे फाेनबाट इन्टरनेटमेन्ट र डिस्ट्यान्स लर्निङका लागि राम्रो अनुभव लिन सकिने दाबी गरेकाे छ । गुगलको क्यामेरा गो एपमा जडित डुअल क्यामेरा सेटअपले तपाईंलाई कुनै पनि समयमा तथा कम प्रकाशको अवस्थाहरूमा समेत उच्च गुणस्तरको फोटोहरू लिन मद्दत गर्दछ ।

क्यामेरा गो एप र नोकिया १.४ को डुअल रियर र फ्रन्ट–फेसिंग क्यामेराको शक्तिशाली संयोजनले सुन्दर बुके पाट्रेट र कम–प्रकाश सुन्दर शटहरूमा खिच्दन सकिने कम्पनीले जनाएकाे छ ।

ब्लर ब्याकग्राउन्डमा प्रोफेशनल तस्वीर खिच्न पाेट्र्रेट मोडका साथ बहुमूल्य पारिवारिक क्षणहरू क्याप्चर गर्न सकिन्छ । कलर रिच तथा र क्रिप्स फोटोहरु आउने यस फोनको क्यामेरामा कम–प्रकाश शटहरू लिन फ्ल्याशको आवश्यकता बिना नै नाइट मोड प्रयोग गर्न सकिन्छ ।

कम्पनीका अनुसार यसका हार्डवेयरहरु पनि एकदमै बलियो टिकाउ र शानदार डिजाइन छ । नोकिया १.४ नेपालमा १७ फागुनदेखि उपलब्ध भएकाे छ । २ जीबी र्‍याम र ३२ जीबी स्टोरेजमा उपलब्ध यस फोनको मूल्य १२,८९९ छ । यो फोन ग्रे र पर्पल  डस्क कलर भेरियन्टमा उपलब्ध हुनेछ । 

यस्ताे छ नेपाली बजारमा नाेकिया स्मार्टफाेनकाे पछिल्लाे मूल्य सूची

ModelPrice Rs.
Nokia C1 (1GB+16GB)7,199/-
Nokia – C1 Plus (1GB+16GB)8,399
Nokia C2 (1GB+16GB)9,299/-
Nokia 2.2 (2GB/16GB)9,499/-
Nokia C3 (2GB/16GB)12,499/-
Nokia 2.3 (2GB/32GB)13,499/-
Nokia 2.4 (2GB/32GB)12,999
Nokia 3.4 (3GB+64GB)15,999
Nokia 5.3 (3GB/64GB)21,000/-
Nokia 5.3 (4GB/64GB)23,499/-
Nokia 7.2 (4GB/64GB)33,999/-
Nokia 1.4 (2/32GB)12,899

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४