६ हजार एमएएच ब्याट्री र ६ जीबी र्‍याम सहित सामसङकाे सस्ताे फाेन सार्वजनिक

काठमाडौं । सामसङले केही दिनअघि भारतमा आफ्नो ग्यालेक्सी एम १२ स्मार्टफोन सार्वजनिक गरेको छ । एम ११ को सक्सेसर उक्त फोन शक्तिशाली ब्याट्री र ९० हर्ज रिफ्रेस रेट डिस्प्लेका साथ बजारमा आएको छ । 

६.५ इन्च इन्फिनिटी-भी एलसीडी स्क्रिन भएको यस फोनमा ९० हर्जको रिफ्रेस रेट रहेको छ । यसमा ६ हजार एमएएचको ब्याट्री र १५ वाट पावरको चार्जर पनि छ । यी दुई विशेष फिचरले यस फोनलाई शक्तिशाली र मूल्य सुहाउँदो बनाएको छ । 

यस फोनमा ८ एनएमको एक्जिनस ८५० प्रोसेसर छ, जुन यसअघिको ए सिरिज फोन र ग्यालेक्सी एक्सकभर फाइभमा देखिएको थियो । त्यसो त यसको चिपसेट दुई वर्ष पुरानो हो र नोट १० मा रहेको स्नापड्रागन ६७८ भन्दा यो कम शक्तिशाली छ । 

यस फोनको क्यामेरा फिचरका बारेमा कुरा गर्दा यसमा क्वाड क्यामेरा सेटअप छ, जसमा ४८ मेगापिक्सेलको सेन्सर र ५ मेगापिक्सेलको अल्ट्रा वाइड सेन्सर र २ मेगा पिक्सेलको डेप्थ म्याक्रो शूटर छ । यसको अगाडि भने ८ मेगापिक्सेलको सेल्फी सेन्सर पनि छ । 

यसमा दुईवटा र्‍याम र स्टोरेज अप्सन छन् । जसमा ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज अप्सन १० हजार ९९९ भारतीय रुपैयाँमा उपलब्ध छ भने अर्को ६ जीबी र्‍याम र १२८ स्टोरेज भेरियन्ट १३ हजार ४९९ भारतीय रुपैयाँमा उपलब्ध छ । 

यो फोन नेपालमा पनि चाँडै नै आइपुग्ने अपेक्षा गरिएको छ । मार्च १८ देखि यो सामसङ डटकम र अमेजनमा भारतभर बिक्रीका लागि उपलब्ध छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team