close

एलन मस्कले त्यस्तो के भने, जसले क्रिप्टोकरेन्सीको मूल्यमा गिरावट ल्यायो

टेकपाना टेकपाना

बैशाख ३१, २०७८ १३:२१

एलन मस्कले त्यस्तो के भने, जसले क्रिप्टोकरेन्सीको मूल्यमा गिरावट ल्यायो

इलेक्ट्रिक कार कम्पनी टेस्लाले जलवायू परिवर्तन सम्बन्धी चिन्तालाई मध्यनजर गर्दै बिटक्वाइनबाट सवारी खरीद गर्नसकिने योजना रद्द गरेको छ । कम्पनीका संस्थापक एलन मस्कले एक ट्वीटमा यस्तो घोषणा गरेका हुन् ।

यो ट्वीटपछि मात्र बिटक्वाइनको मूल्यमा १० प्रतिशतले गिरवाट आएको छ । मार्चमा टेस्लाले क्रिप्टोकरन्सी मार्फत हुने खरीदसमेत स्वीकार गर्ने घोषणा गरेको थियो ।

त्यसपछि धेरै पर्यावरणविद् र लगानीकर्ताहरूले टेस्लाको उक्त कदमको विरोध गरे । फेब्रुअरीमा कार निर्माता यो कम्पनीले १.५ अर्बको डिजिटल मुद्रा खरिद गरिएको बताएको थियो ।

तर बिहीबार कम्पनीले आफ्नो निर्णय फिर्ता लि‍यो । एलन मस्कले यस बारेमा लेखेका छन्, ‘हामी बिटक्वाइन कारोबार र बिटक्वाइन माइनिङका लागि बढ्दो जैविक इन्धन खपतबाट चिन्तित छौं ।

विशेष गरी कोइलाको प्रयोगप्रति चिन्तित छौं, जसबाट सबैभन्दा बढी कार्बन उत्सर्जन हुन्छ । क्रिप्टोकरन्सेको विचार एकदम राम्रो छ । तर यसका लागि पर्यावरणको भारी लागत चुकाउनु हुँदैन ।’

मस्कले यो पनि स्पष्ट पारेका छन् कि कम्पनीले खरिद गरेको बिटक्वाइनहरू बेच्ने छैन । तर जब माइनिङका लागि दीगो ऊर्जाको प्रयोग हुनेछ, तब टेस्लाले यो मुद्रा प्रयोग गर्नेछ ।

बजार विश्लेषकहरुका अनुसार टेस्लाले आफ्ना लगानीकर्ताहरूको चिन्तालाई ध्यानमा राख्दै यो कदम उठाएको हो । किनभने कम्पनीका लगानीकर्ताहरू जलवायु परिवर्तनमा निकै केन्द्रीत छन् ।

बर्मन इन्भेष्ट कम्पनीका प्रमुख जुलिया ली भन्छिन्, “वातावरणीय, सामाजिक र कर्पोरेट गभर्नन्स (ईएसजी) मुद्दाहरू अहिले धेरै लगानीकर्ताहरूका लागि मुख्य विषय बनेका छन् । टेस्ला एउटा स्वच्छ ऊर्जा केन्द्रीत कम्पनी भएको नाताले वातावरणीय क्षेत्रमा राम्रो काम गर्न चाहन्छ ।”

यद्यपी, उनी भन्छिन्, “हुन सक्छ कि एलन मस्कको आलोचनाले क्रिप्टोकरन्सी बजारलाई थप प्रभावित पार्न सक्दछ । जसरी उनले यसभन्दा अघि कयौं पटक गरिसकेका छन् ।”

बीबीसीकी प्रविधि संवाददाता रोरी क्यालेन जोनसको विश्लेषण

जब प्रविधि र वातावरणको कुरा आउँछ, सायदै सम्भव छ कि एलन मस्कसँगलाई त्यसको कम वा अधुरो जानकारी छ । जब मैले २०१६ मा उनको अन्तर्वार्ता लिएँ, उनले टेस्लाको उद्देश्यको बारेमा यतिधेरै उत्साहजनक तरिकाले बताए कि उनी यातायातलाई स्थायी ऊर्जामा आधारित बनाउन चाहन्छन् । ताकि जलवायु परिवर्तनको जोखिम कम होस् ।

यस्तो अवस्थामा, यो एक आश्चर्यको कुरा हो कि उनीलाई बिटक्वाइन वातावरणको हितमा छैन भन्ने कुरा अहिले मात्र थाहा भयो । क्याम्ब्रिज विश्वविद्यालयको वैकल्पिक वित्त केन्द्रले बिटक्वाइनमा कति बिजुली खपत हुन्छ भन्ने इन्डेक्स निकालेको छ ।

यसले स्पष्ट पार्छ कि बिटक्वाइन माइनिङमा कति कम्प्युटर पावर खपत हुन्छ । यो नेटवर्क मलेसिया वा स्विडेनमा प्रयोग गरिएको वार्षिक शक्ति भन्दा बढी हो । बिटक्वाइनका समर्थकहरू भन्छन् कि यो शक्ति नवीकरणीय उर्जाबाट उत्पन्न भएको हो ।

तर तथ्य यो हो कि प्रायः क्रिप्टोकरन्सीको व्यवसाय गर्ने कम्पनीहरु चीनमा छन् । जहाँ ऊर्जाको मुख्य स्रोत कोइला हो । जब फेब्रुअरी मस्कले बिटक्वाइन सम्बन्धी घोषणा गरे, यसले बिटकॉइनको मूल्यमा ठूलो उछाल ल्यायो । तर अब पछिल्लो फैसलासँगै बिटक्वाइनको मूल्यमा गिरावट आएको छ ।

गत महिना टेस्लाले पहिलो त्रैमासिकको मुनाफा ४३८ मिलियन डलर रहेको सार्वजनिक गर्‍यो । यो गत वर्ष भन्दा १६ मिलियन डलर बढी थियो । यसको पछाडिको मुख्य कारण बिटक्वाइन र पर्यावरण क्रेडेटिको थियो ।

मस्क बिटक्वाइनका सबैभन्दा हाई-प्रोफाइल समर्थक हुन् । बिटक्वाइन र डोजक्वाइनको विषयलाई लिएर उनले कयौं ट्वीट गरेका छन् । मस्कको ट्वीटले डोजक्वाइनलाई विश्वकै चौथो ठूलो क्रिप्टोकरेन्सी बनाइदियो ।

यसकारण पर्यावरणका लागि खतरनाक छ बिटक्वाइन

माइनिङ गर्नेहरुले निकै शक्तिशाली कम्प्युटरको सहयोगमा बिटक्वाइन बनाएका हुन् । ताकि जटिल गणितीय पजल्सलाई सुल्झाउन सकियोस् ।

यो एउटा यस्तो प्रक्रिया हो, जसले धेरै बिजुली खपत गर्दछ र यो बिजुली जैविक इन्धन खासगरी कोइलाबाट तयार गरिन्छ । एउटा अनुसन्धानले देखाएको छ कि विश्वभरमा बिटक्वाइन माइनिङ गर्नेहरु मध्ये ७५ प्रतिशत चीनमा छन् ।

चीनमा सस्तो जैविक इन्धन प्रयोग गरिन्छ । जहाँ महँगो नवीकरणीय ऊर्जातर्फ मानिसहरुको आकर्षण कम छ ।

बीबीसीबाट

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४