close

सामाजिक सञ्जालमा श्रीमतीको चरित्र हत्या गर्ने श्रीमान् पक्राउ

टेकपाना टेकपाना

असार २८, २०७९ १८:२७

सामाजिक सञ्जालमा श्रीमतीको चरित्र हत्या गर्ने श्रीमान् पक्राउ

काठमाडौं । सामाजिक सञ्जालबाट विदेशमा रहेकी श्रीमतीको चरित्र हत्या गरेको अभियोगमा नेपाल प्रहरीको साइबर ब्युरोले रूपन्देहीबाट उनका श्रीमानलाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीका सिलसिलामा ओमनमा रहेकी श्रीमतीको फोटो प्रयोग गरी उनका श्रीमानले सामाजिक सञ्जालमा चरित्र हत्या गरेको बताइएको छ ।

ब्युरोका अनुसार रूपन्देही बस्ने उनका श्रीमान् ३६ वर्षीय जीवन दमाईले सामाजिक सञ्जालमा फोटो र अश्लील स्टाटस राखी चरित्र हत्या गरेको उजुरी परेको थियो । दमाईलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसारको कसुर गरेकाले जिल्ला अदालत काठमाडौंको अनुमतिमा प्रहरीले उनलाई पक्राउ गरेको हो । चार दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३