close

लकडाउनका कारण भिभोले थप्यो मोबाइलको वारेन्टी

टेकपाना टेकपाना

चैत १९, २०७६ १४:५५

लकडाउनका कारण भिभोले थप्यो मोबाइलको वारेन्टी

काठमाडौं । मोबाइल निर्माता कम्पनी भिभोले नेपालमा आफ्नो मोबाइलको वारेन्टीको समय बढाएको छ । सरकारले लकडाउन लागु गरेसँगै कम्पनीले नेपालमा आफ्ना सम्पुर्ण सर्भिस सेन्टर बन्द गरिसकेको छ ।

यस्तो अवस्थामा कम्पनीले २२ मार्चभित्र वारेन्टीको समय सकिने मोबाइलको वारेन्टी मे २३ सम्म लागु हुने जनाएको छ ।

‘यो समय सबैका लागि चुनौतीको बेला हो ।’ भिभो नेपालका जनरल म्यानेजर मार्सले भनेका छन्, ‘यस्तोमा कोरोनाभाइरसको नियन्त्रणकै लागि सामाजिक दुरी कायम गर्नुपर्ने भएकाले हामीले हाम्रो सर्भिस सेन्टरहरु बन्द भएका छन् । तर, यदि यो समयमा वारेन्टी सकिएको खण्डमा त्यसको समय बढाएका छौँ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१