close

आईफोन १६ प्रो पहिलेका एप्पल मोडलभन्दा बढी चम्किलो हुने

टेकपाना टेकपाना

चैत १८, २०८० ११:५

आईफोन १६ प्रो पहिलेका एप्पल मोडलभन्दा बढी चम्किलो हुने

काठमाडौं । आईफोनको नयाँ संस्करणमा विगतको झैं टाइटानियम प्रयोग गरिए पनि उत्पादनमा सुधार हुने भएको छ । हालै बाहिरिएको नयाँ सूचना अनुसार आईफोन १६ प्रोको लुक्स विगतका मोडलभन्दा पोलिस्ड (चम्किलो) हुने भएको हो । 

यसअघि आईफोन १६ प्रोको लाइनअपका रङ परिवर्तन हुने सूचना बाहिरिएको थियो । त्यसबेला चिनियाँ लिकरले आईफोन १६ प्रोमा स्पेस ब्ल्याक, ह्वाइट, ग्रे र रोज गरी चार ओटा रङ हुने भनिएको थियो । आईफोन १५ प्रोमा नेचुरल टाइटानियम, ब्ल्याक, ह्वाइट र ब्लू रङ छन् । ती मध्ये ब्लूलाई हटाएर रोज रङ आउने ती लिकरले दाबी गरेका थिए ।

अहिले अर्को लिकर 'yeux1122' का अनुसार एप्पलले रङ मात्र नभएर रङको लुक्स समेत परिवर्तन गर्नेछ । जसले गर्दा आईफोन १६ प्रो चम्किलो देखिन्छ । यसका लागि एप्पलले टाइटानियम च्यासिसको उत्पादन र रङ प्रशोधनका लागि नयाँ तरिका अपनाउने उनको दाबी छ ।

यद्यपि यो सूचना आधिकारिक होइन । एप्पलले नयाँ मोडलमा के-कस्ता परिवर्तन गर्छ भन्ने निश्चित छैन । तर यदि उक्त सूचना सत्य भए आईफोन १५ प्रोमा भएको ब्रस्ड मेटल लुक हट्ने छ ।

पछिल्लो अध्यावधिक: चैत १८, २०८० ११:३०