close

दक्षिण कोरियामा ५७ दिनमा १० लाख बढी बिक्री भयो सामसङ ग्यालेक्सी एस २१

टेकपाना टेकपाना

चैत १७, २०७७ ९:२५

दक्षिण कोरियामा ५७ दिनमा १० लाख बढी बिक्री भयो सामसङ ग्यालेक्सी एस २१

काठमाडौं । अघिल्लो वर्ष सामसङ ग्यालेक्सी एस २० सिरिजका फोन त्यसको उच्च मूल्यका कारण सोचे जस्तो सफल हुन सकेनन् । त्यसैले पनि होला कम्पनीले एस २१ सिरिजको स्मार्टफोनको मूल्य तुलनात्मक रुपमा कम गर्दै बजारमा सार्वजनिक गरेको थियो ।

त्यतिमात्र नभएर कम्पनीले एक्सिनस प्रोसेसरलाई समेत परिमार्जन गर्दै अझ प्रभावकारी बनाएको थियो । मोबाइलको डिजाइनमा पनि कम्पनीले निकै नै मेहनत गरेको थियो ।

जसको प्रतिफलस्वरुप कम्पनीको नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस २१ सिरिजको स्मर्टफोनको बिक्रिमा उल्लेख्य वृद्धि हात लागेको छ । कम्पनीका अनुसार दक्षिण कोरियामा मात्रै सामसङ ग्यालेक्सी एस २१ सिरिजका १० लाखभन्दा बढी स्मार्टफोन बिक्री भएका छन् ।

कम्पनीले यो सफलता प्रडक्ट सार्वजनिक भएको ५७ दिनमा पुरा गर्न सफल भएको हो । कम्पनीका अनुसार सामसङ एस २० सिरिजका स्मार्टफोनलाई यो आँकडा छुन थप १ महिना बढी लागेको थियो ।

सामसङ ग्यालेक्सी एस २१ सिरिजले पाएको यो सफलता सामसङ ग्यालेक्सी एस १० को तुलनामा भने अझै कम हो । किन भने सामसङ ग्यालेक्सी एस १० ले दक्षिण कोरियामा १० लाखको आँकडा केवल ४७ दिनमा पुरा गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३