close

पब्जीको विश्वकप खेल्न मलेसिया उड्यो नेपाली टिम डीआरएस

टेकपाना टेकपाना

कात्तिक १९, २०७९ १७:५६

पब्जीको विश्वकप खेल्न मलेसिया उड्यो नेपाली टिम डीआरएस

काठमाडौं । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) मा सहभागी हुन नेपाली टोली डीआरएस गेमिङ आज मलेसिया प्रस्थान गरेको छ । नोभेम्बर १० (कात्तिक २४) बाट मलेसियामा सुरु हुने यो प्रतियोगितामा नेपालबाट डीआरएस गेमिङका साथै ट्रेन टु किल र स्काइलाइट गेमिङ गरी तीन टिमले सहभागिता जनाउँदै छन् ।

यही तीन टिममध्ये एक डीआरएस गेमिङ आज प्रस्थान गरेको हो । यो पटकसहित गरेर डीआरएसले विश्वकै ठूलो पब्जी प्रतियोगितामा तेस्रो पटक सहभागिता जनाउँदैछ ।

यी तीनै नेपाली टिम केही साताअघि भएको पब्जी मोबाइल प्रो लिग साउथ एसिया फल च्याम्पियनशिपबाट यसका लागि छनौटमा परेका हुन् । प्रतियोगितामा कूल ४८ टिमले भाग लिनेछन् । पहिलो चरणको प्रतियोगिता नोभेम्बर १० देखि २७ सम्म मलेसियाको क्वालालम्पुरमा सञ्चालन हुनेछ ।

प्रतियोगिताको अन्तिम चरण भने २०२३ को जनवरी ६ देखि ८ सम्म इन्डोनेसियाको जाकार्तामा सम्पन्न हुनेछ । प्रतियोगिताको कुल पुरस्कार राशि ४० लाख अमेरिकी डलर (साढे ५२ करोड रुपैयाँ बढी) रहेको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १९, २०७९ १८:७